
लन्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले न्युयोर्कमा अमेरिकाका पूर्वराष्ट्रपतिबीच डोनाल्ड ट्रम्पसँग भेट्नुभएको छ । बेलायतका नयाँ प्रधानमन्त्री र अमेरिकाका पूर्वराष्ट्रपतिबीचको यो पहिलो भेट थियो ।
बिबिसी, द गार्जियन र द डेली मेलका अनुसार नोभेम्बरको अमरिकी निर्वाचनमा रिपब्लिकन उम्मेदवार ट्रम्पले बिहीबार ट्रम्प टावरमा लेबर पार्टीका नेता स्टार्मरलाई आतिथ्यता गर्नुभएको थियो । “मलाई वास्तवमै उहाँ राम्रो लाग्नुहुन्छ, उहाँले ठूलो दौड लगाउनुभएको छ, उहाँले अत्यन्त राम्रो प्रदर्शन गर्नुभएको छ, यो धेरै राम्रो सुरुआत हो, उहाँ धेरै लोकप्रिय हुनुहुन्छ”, भेटघाटअघि ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो ।
स्टार्मरले जुलाईमा बेलायतको आम निर्वाचनमा १४ वर्षपछि कन्जरभेटिभहरूलाई सत्ताबाट हटाउँदै भारी मतले निर्वाचन जित्नुभएको थियो ।
ट्रम्प र स्टार्मरसँग विगतमा ट्रम्पका बारेमा कडा टिप्पणीहरू गर्नुभएका बेलायतका विदेशमन्त्री डेभिड लामी पनि सहभागी हुनुहुन्थ्यो । स्टार्मर राष्ट्रसङ्घीय महासभामा भाग लिन न्युयोर्कमा हुनुहुन्थ्यो ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा