
लन्डन । प्रेस काउन्सिल नेपालले समाचार सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न नेपालब्रिटेन डटकमलाई निर्देशन दिएको छ ।
तथ्यहीन र भ्रामक समाचार सामग्री प्रकाशित/प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघ, युके शाखाले दिएको उजुरी सुनुवाइ गर्दै काउन्सिलले बुधबार नेपालब्रिटेन डटकमलाई सचेत गराएको हो । यस्तै काउन्सिलले सम्प्रेषित सामग्रीका सम्बन्धमा आएका खण्डन एवं प्रतिक्रियालाई स्थान दिई तीन दिनभित्र जानकारी गराउन समेत उक्त अनलाइनलाई भनेको छ ।
‘पत्रकार तथा सञ्चार माध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, कसैमाथि भेद्भाव हुने वा घृणा उत्पन्न हुने किसिमबाट समाचार सम्प्रेषण गर्न नहुने, कसैलाई अनुचित लाभ वा हानी पुऱ्याउने नियत राखी सामग्री सम्प्रेषण गर्न नहुने, सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने, समाचारबाट असर पर्ने व्यक्ति, समुदाय वा संस्थाले पठाएको खण्डन वा प्रतिक्रियालाई स्थान दिनु कर्तव्य हुने’ पत्रकार आचारसंहिताको व्यवस्थाबारे यहाँलाई अवगत नै छ,’ काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले लेख्नुभएको पत्रमा भनिकएको छ, ‘अतः सम्प्रेषित सामग्रीका सम्बन्धमा सम्बन्धित पक्षबाट पेस भइ आएको खण्डन एवं प्रतिक्रियालाई स्थान दिइ ३ दिनभित्र काउन्सिललाई जानकारी गराउन निर्देशानुसार सूचित गरिन्छ ।’
नेपालब्रिटेन डटकमबाट ‘पत्रकार महासंघ यूकेको अध्यक्ष विमला सेने होइनन् !’ लगायत शीर्षकमा सम्प्रेषित सामग्रीउपर नेपाल पत्रकार महासंघ यूकेले गत असोज २ गते काउन्सिलमा उजुरी दर्ता गरेको थियो । काउन्सिलले नेपालब्रिटेन डटकमलाई पठाएको पत्रको बोधार्थ नेपाल पत्रकार महासंघ, युके शाखालाई समेत दिएको छ ।

नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश