
लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को कार्यकारी नेतृत्व लिलादेवी गुरुङलाई हस्तान्तरण गरिएको छ ।
प्लमस्टिडमा सोमबार आयोजित कार्यक्रममा यसअघिका कार्यकारी अध्यक्ष पुण्य रेग्मीले एक वर्षे कार्यकाल पूरा गरी सोमबार गुरुङलाई कार्यकारी कार्यभार हस्तान्तरण गर्नुभएको हो । गत वर्ष सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष गुरुङले आगामी एक वर्ष संस्थाको नेतृत्व सम्हाल्नुहुनेछ ।
उहाँले आफ्नो एक वर्षे कार्यकालमा संस्थालाई अझ सक्रिय र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि भूतपूर्व गोर्खाहरुको संस्था जिगेसाको पनि नेतृत्व गरिसक्नुभएकी गुरुङले एनआरएनए यूके महिला सचिव र आईसीसी सदस्यलगायतका जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको छ ।
महासचिव ह्यारी गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा आरजीएनएस पूर्वअध्यक्ष एवम् ग्रीनवीच बरो मेयर जीत रानाभाट, संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, सल्लाहकार मोहन गुरुङ, जिगेसा अध्यक्ष हरिकुमार मल्ल, तमुधिं साउथ इष्ट आमा समूह अध्यक्ष बिन्दु गुरुङ, सल्लाहकारहरु एलएन पाण्डे, अर्कराज तिम्सिना, पण्डित निलहरि घिमिरे, सहदेव गिरी, हरिकुमार मल्ल, सुशील प्रजापति, प्रकाश कँडेलका साथै कार्यमितिका उपाध्यक्ष मञ्जु भण्डारी र सुरोज मास्के, कोषाध्यक्ष सोनी श्रेष्ठ, सदस्य रामकृष्ण अर्याललगायतको उपस्थिति थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा