
लन्डन । बुद्ध फाउन्डेसन यूकेले आगामी डिसेम्बर महिनाभित्र अधिवेशन गर्ने निर्णय गरेको छ ।
लन्डन प्लमस्टिडमा आइतबार सम्पन्न संस्थाको विशेष साधारणसभाले संस्थाको विधानमा विभिन्न संशोधन गर्दै आगामी डिसेम्बर महिनाभित्र नियमित अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो । साधारणसभामा विधान समिति संयोजक फडिन्द्र भट्टराईले पेस गर्नुभएको विभिन्न ५ बुँदे संशोधन प्रस्तावलाई सभाले व्यापक छलफलपछि संशोधनसहित सर्वसम्मत रुपमा पारित गरेको फाउण्डेसन अध्यक्ष दीपक श्रेष्ठले जनाउनुभएको छ ।
अधिवेशनको मिति निर्धारण तथा निर्वाचन समिति गठनको जिम्मेवारी अध्यक्ष श्रेष्ठलाई दिइएको छ । साधारणभाले उपाध्यक्ष अर्जुन कटुवालद्वारा प्रस्तुत संस्थाको आय-व्ययसम्बन्धी प्रतिवेदन पनि पारित गरेको छ । प्रत्यक्ष तथा भर्चुअल दुवै माध्यमबाट सहभागिता रहेको साधारणसभालाई प्रमुख अतिथिका रुपमा बेलायतका लागि कार्यवहाक नेपाली राजदूत रोशन खनालले भर्चुअल सम्बोधन गर्नुभएको थियो ।
कार्यकाल पूरा गरी नेपाल फर्किन लागेकी खनाललाई सोही अवसरमा फाउण्डेसनका तर्फबाट औपचारिक बिदाइ गरिएको थियो । साधारणसभामा विशेष अतिथि लन्डन ग्रीनवीच बरो मेयर जीत रानाभाटले फाउण्डेसनले बुद्ध र लुम्बिनीसँगै सिंगो नेपालकै कला, संस्कृति पनि प्रवर्द्धन गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो ।
फाउण्डेसन अध्यक्ष दीपक श्रेष्ठले संस्था स्थापनाको सन्दर्भ, उद्देश्य र हालसम्मका गतिविधिहरुबारे जानकारी दिंदै भावी कार्ययोजनासमेत प्रकाश पार्नुभएको थियो ।
उपाध्यक्ष अर्जुन कटुवालले सञ्चालन गरेको कार्यक्रमका सहभागीलाई वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले स्वागत गर्नुभएको थियो । कार्यसमिति सदस्य सूर्य गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा