
लन्डन । गोर्खा नेप्लिज कम्युनिटी पिटरबरो (जीएनसीपी)को आयोजनामा गोर्खा र निजका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार २२ सेप्टेम्बर २०२४ बेलुका पिटरबरोको गोर्खा टेष्ट रेस्टुरेन्टमा उक्त अन्तरक्रिया भएको हो । सीएनसीबीजीको तर्फबाट उपाध्यक्ष दलबहादुर बुढाथोकी र सचिव जीत घर्तीमगरले गोर्खाहरुका लागि वंशजको नागरिकता विषयमा प्रस्ट्याउनुभएको थियो ।
छलफलको क्रममा संस्थाका सल्लाहकार राम राईले सीएनसीबीजीले ठीक विषय उठाइरहेकोले गोर्खाहरुमा आशा जागेको भन्नुहुँदै यो काम सन्ततिहरुको निम्ति भएकोले अभियानलाई सहयोग गर्न अनुरोध पनि गर्नुभयो । आर्थिक पक्ष पारदर्शिता नभएमा सीएनसीबीजी नै जवाफदेही हुनुपर्ने भएकोले सावधानी अपनाउन सुझाव दिनुभयो ।
गोर्खालीहरुको लागि समस्या चर्किंदै गएकोले आफ्नो अधिकारका लागि सबै एकजुट हुनुपर्नेमा उहाँको जोड रहेको सीएनसीबीजी उपाध्यक्ष दलबहादुर बुढाथोकीले जानकारी गराउनुभयो ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष तथा गोर्खा टेष्ट रेस्टुरेन्टका सञ्चालक मणिराज जोल्मीले गोर्खाहरु नेपाल सरकारले नै आवासीय अधिकार दिन सहमत भएकोले आफैले वंशजको नागरिकता खोस्न नमिल्ने बताउनुभयो । उहाँले वंशजको नागरिकता जोगाउन सबै एकजुट भएर सीएनसीबीजीले संचालन गरेको अभियानमा जोडिन र सहयोग गर्नुपर्नेमा जोड दिँदै कार्यक्रम समापन गर्नुभयो । कार्यक्रम संस्थाका सचिव तुल पुनले संचालन गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा