
लण्डन । नेप्लिज लेडिज ग्रुप आस्फोर्ड यूकेले आस्फोर्डस्थित सगरमाथा टाउन हलमा कफी मर्निङ्ग च्यारिटी कार्यक्रम आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष जया राईले कार्यक्रममा आमन्त्रित पाहुनाहरुलाई स्वागत गर्दै कार्यक्रममा सहभागी सम्पूर्णलाई एक मुष्ट धन्यवाद ब्यक्त गर्नु भयो ।
नेप्लिज लेडिज ग्रुपले नेपालमा पढिरहेका र पढ्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावमा परेका अनाथ /असहाय बालबालिकाहरूलाई उच्च शिक्षामा टेवा पुगोस् भनेर च्यारिटी कफी मर्निङ्ग आयोजना गरिएको अध्यक्ष राईले बताउनु भयो । कार्यक्रमबाट प्राप्त रकम ९६० पाउण्ड अविभावकविहीन बालिका अविना सुनुवारको पढाइ खर्चको लागि नेपाल पठाउने बताउनु भयो । केही समयदेखि अविनाको पढाई खर्च नेप्लिज लेडिज ग्रुपले दिँदै आइरहेको छ ।
कार्यक्रममा संस्थाका सदस्यहरूले स्वस्फूर्त ढंगले चिया, कफी, जुसलगायत स्वादिष्ट नेपाली परिकारहरुको प्रायोजन गरेका थिए । यसैगरी सहभागीहरूलाई उत्साहित गर्न भाग्यचिट्ठा (राफल ड्र) अन्तर्गत पहिलो विजेता देवकी चोङबाङ, दोस्रो धनमाया राई र तेस्रो मिनी राईले आकर्षक उपहारहरू प्राप्त गरेका थिए । भाग्यचिट्ठा (राफल ड्र) कार्यक्रम लेडिज ग्रुप युकेको सदस्य मेरी राईले सञ्चालन गरेकी थिइन्।
उक्त कार्यक्रम आयोजनाको लागि सगरमाथा गोर्खा नेपाली समाज आशफोर्डका अध्यक्ष डम्बर सिंघक लिम्बूले हल निःशुल्क उपलब्ध गराएका थिए ।
सन् २०१६ सालमा गठित नेप्लिज लेडिज ग्रुपमा १७ जना सदस्यहरू रहेका छन् भने उनिहरूले हरेक महिना पाँच पाउण्ड रकम संस्थामा जम्मा गर्ने गरेका छन् । अहिलेसम्म नेपालको ६० भन्दा बढी असहाय बालबालिकाहरूलाई आर्थिक सहयोग गरिएको छ ।
हरेक तीन/तीन महिनाको अन्तरालमा नेप्लिज लेडिज ग्रुपले उद्देश्यमूलक कफी मर्निङ्ग गर्दै आइरहेको उक्त संस्थाको संस्थापक सदस्य रेवन्ती देवानले बताइन् ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी