
लन्डन । बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको संख्या२५ हजार नाघेको छ । सन् २०२४ को सुरुदेखि हालसम्म साना डुङ्गाहरूमार्फत च्यानल पार गरेर बेलायत पुग्ने आप्रवासीहरूको सङ्ख्याले २५ हजार नाघेको सोमबार जारी गरिएको अस्थायी तथ्याङ्कमा उल्लेख छ । अघिल्लो कन्जरभेटिभ प्रशासनको जस्तै नयाँ लेबर सरकारले च्यानल पार गरेर आउनेहरूको संख्याघटाउन सङ्घर्ष गरिरहेको बेला यी तथ्याङ्क आएका हुन् ।
गृह मन्त्रालयका अनुसार आइतबार सात सय १७ आप्रवासीले उत्तरी फ्रान्सबाट च्यानल पार गरेका छन् । यसले सन् २०२४ को हालसम्मको कूल आगमन सङ्ख्यालाई २५ हजार ५२ पुर्याएको छ । शनिबार पनि सात सय सात जनाले च्यानल पार गरेका थिए ।
यो कूल संख्यागत वर्षको समान अवधिको तुलनामा चार प्रतिशतले बढी हो तर सन् २०२२ को सोही अवधिको तुलनामा २१ प्रतिशतले कम हो । इङ्ग्ल्यान्डको दक्षिणी तटमा साना डुङ्गाहरूको आगमन रोक्ने विषय जुलाईमा भएको बेलायतको निर्वाचनमा एउटा प्रमुख मुद्दा बनेको थियो ।
सत्ता सम्हालेको केही दिनभित्रै लेबर प्रधानमन्त्री केइर स्टार्मरले आप्रवासीहरूलाई रुवान्डा निर्वासन गर्ने कन्जरभेटिभहरूको विवादास्पद योजनालाई खारेज गर्नुभयो ।
यसको सट्टा उनले जोखिमपूर्ण यात्रा आयोजना गर्ने र प्रत्येक आप्रवासीबाट हजारौँ युरो लिने मानव तस्करका ‘गिरोहहरूलाई नष्ट गर्ने’ प्रतिबद्धता व्यक्त गरे । यस वर्षको अहिलेसम्म ४६ जना आप्रवासीले अत्यधिक भरिएका रबरका डुङ्गाहरूमा बेलायतको किनारमा पुग्ने प्रयासमा ज्यान गुमाएका छन् ।
सरकारले आगामी छ महिनामा असफल शरणार्थी आवेदकहरूको निर्वासन दर पाँच वर्षकै उच्च बनाउन लक्ष्य राखेको गृहमन्त्री इभेट कुपरले गत महिना घोषणा गर्नुभएको थियो ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी