
लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) वेल्स यूकेको आयोजनामा मंगलबार भएको इनास सांस्कृतिक साँझमा परम्परागत भजन गुन्जिएको छ ।
वेल्स राज्यको राजधानी कार्डिफमा आयोजना भएको कार्यक्रममा धर्म सांस्कृतिक अभियान युकेको उपसमितिले भजन प्रस्तुत गरेको हो । भजन उपसमितिका संयोजक प्रेम भण्डारीले भजनका टुक्का प्रस्तुत गर्नुभएको थियो । पहिलोपटक प्रस्तुत भजनका विषयमा दर्शक तथा अतिथिहरूद्वारा सकारात्मक प्रतिक्रिया पाएको आयोजक इनास वेल्स संयोजक तथा कार्यक्रमका सभापति रामदत्त मिश्रले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि इनास युकेका अध्यक्ष सञ्जयभक्त कँडेलले नेपाली संस्कृतिलाई त्यसैगरी विदेशी भूमिमा पनि फैलाउन सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि वेल्स आर्ट इन्टरनेसनलकी डेभलपमेन्ट अफिसर ब्रानवेन डिक्सनले यस्ता सांस्कृतिक विविधताले वेल्स राज्यलाई अझ सम्पन्न बनाएको र भजनमा नाचु नाचु लागेको प्रतिक्रिया दिनुभयो ।
अतिथि तथा धर्म सांस्कृतिक अभियानका अध्यक्ष डा. थानेश्वर पाण्डेयले यस्ता धार्मिक संस्कृतिले मानव मनमा भएका नकारात्मक ऊर्जालाई नष्ट गर्दै सहकार्य सहस्तित्व र एकताको सन्देश दिने हुँदा भावी पुस्तालाई यो सिकाउन जरुरी रहेकोमा जोड दिनुभएको थियो ।
कार्यक्रममा अन्य अतिथिका रुपमा नेपाली समाज वेल्सकी अध्यक्ष लक्ष्मी केसी, नेपाली भिलेज युके ब्रेकनका कार्यकारी निर्देशक मेजर खुसीमान गुरुङ एमभीओ, सल्लाहकार रामचन्द्र पोखरेल, युरोपियन नेपाली समाजकी महासचिव वर्षा खनाल, कलाकार अनु श्रेष्ठ आदिको उपस्थिति थियो ।
कार्यक्रममा विभिन्न दाताहरूले आर्थिक सहयोग गरेका थिए भने विभिन्न नेपाली सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो । करिब १ सय ५० जना सहभागी कार्यक्रममा नेपालबाट आउनुभएका लोकगायक कृष्ण बम मल्ल र राजन कार्कीले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी