
लन्डन । नेपाल पत्रकार महासंघ युकेले बेलायतका लागि नेपाली कार्यवहाक राजदूत तथा नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनाललाई औपचारिक रुपमा बिदाइ गरेको छ ।
महासंघ यूकेकी अध्यक्ष विमला सेने नेतृत्वको टोली लन्डनस्थित नेपाली दूतावासमै पुगेको शुक्रबार कार्यवहाक राजदूत खनाल र द्वितीय सचिव रामबाबु नेपाललाई बिदाइ गरिएको हो । खनाल र नेपाल चार वर्षे कार्यकाल सकेर छिट्टै नेपाल फर्कँदै हुनुहुन्छ । उक्त अवसरमा महासंघले दूतावास आउनुभएका तृतीय सचिव झुपलाल पुनमगरलाई स्वागत, सम्मान समेत गरेको थियो ।
महासंघ अध्यक्ष सेनेले नेपाल फर्किन लाग्नुभएका कूटनीतिज्ञहरुको भावी करिअर अझ प्रगति होस् भन्ने शुभकामना दिनुभएको थियो ।
कार्यवहाक राजदूत खनाल र द्वितीय सचिव नेपालले आफूहरुको बिदाइ र बेलायत कार्यकालमा पत्रकारहरुले पूर्णसाथ दिएकामा आभार व्यक्त गर्नुभयो ।
बिदाइ कार्यक्रममा अध्यक्ष सेने, उपाध्यक्ष शिव भण्डारी, पत्रकार महासंघ युकेका केन्द्रीय प्रतिनिधि तथा एभरेस्ट टाइम्सका सम्पादक दुत पुन, प्रबन्ध निर्देशक तथा पत्रकार महासंघ यूकेका सदस्य नगेन्द्र नेम्बाङ, अन्य सदस्यहरु गोमा राना, वाचस्पति रेग्मीलगायतको उपस्थिति थियो ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने