
लन्डन । मगर महिला संघ युकेले तनहुँकी दृष्टिविहीन गायिका मन्दिरा थापा मगरलाई २ लाख ६२ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच मगर महिला संघ युकेकी पूर्वउपाध्यक्ष अनिता राना र अर्का अभियन्ता कुन्ता थापाबाट बिहीबार गायिका मन्दिरालाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरणपछि समाजसेवी अनिता रानाले मगर महिला संघ यूकेकी अध्यक्ष विष्णु श्रीससहित सबै सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
‘मगर महिला संघ युकेबाट नवप्रतिभा नानी दृष्टीविहीन मन्दिरा थापामगरलाई दुई लाख ६२ हजार पाँच सय नेपाली रकम सहयोग गर्नुभएको छ । सम्पू्र्ण मनकारी युके मगर महिला संघको अध्यक्ष विष्णु श्रीसज्यू, निवर्तमान अध्यक्ष छविमाया पुनज्यू, संस्थापक अध्यक्ष हिमाली रानाज्यू, सम्पूर्ण पदाधिकारीज्यूहरु, युके मगर महिला संघका दिदीबहिनीहरु, शाखाका अध्यक्षज्यूहरु, सल्लाकारज्यूहरु र हरेक शाखाबाट यो पुण्य कामलाई हातेमालो गर्नुहुने दिदीबहिनीहरूलाई अन्तरआत्मादेखि वेल डन अनि हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौं,’ अनिताले फेसबुकमा लेख्नुभएको छ ।
मगर महिला संघले यूकेले विगतदेखि नै सराहनीय काम गर्दै आएको उल्लेख गर्नु हुँदै भोलिका दिनमा पनि यस्ता कामहरु गर्दै जाने विश्वास पूर्वउपाध्यक्ष रानाले व्यक्त गर्नुभएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा लोक तथा दोहोरी गायक युवराज मगर, गायक राजेश बर्देवा, पत्रकार पारस भट्टराईलगायतको उपस्थिति थियो । तनहुँको विकट ठाउँकी मन्दिरा दुवै आँखा देख्न नसक्ने रहेकोले सबैले माया र सहयोग गरिदिन समाजसेवी रानामगरले आग्रह गर्नुभएको छ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु