
लन्डन । मगर महिला संघ युकेले तनहुँकी दृष्टिविहीन गायिका मन्दिरा थापा मगरलाई २ लाख ६२ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच मगर महिला संघ युकेकी पूर्वउपाध्यक्ष अनिता राना र अर्का अभियन्ता कुन्ता थापाबाट बिहीबार गायिका मन्दिरालाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरणपछि समाजसेवी अनिता रानाले मगर महिला संघ यूकेकी अध्यक्ष विष्णु श्रीससहित सबै सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
‘मगर महिला संघ युकेबाट नवप्रतिभा नानी दृष्टीविहीन मन्दिरा थापामगरलाई दुई लाख ६२ हजार पाँच सय नेपाली रकम सहयोग गर्नुभएको छ । सम्पू्र्ण मनकारी युके मगर महिला संघको अध्यक्ष विष्णु श्रीसज्यू, निवर्तमान अध्यक्ष छविमाया पुनज्यू, संस्थापक अध्यक्ष हिमाली रानाज्यू, सम्पूर्ण पदाधिकारीज्यूहरु, युके मगर महिला संघका दिदीबहिनीहरु, शाखाका अध्यक्षज्यूहरु, सल्लाकारज्यूहरु र हरेक शाखाबाट यो पुण्य कामलाई हातेमालो गर्नुहुने दिदीबहिनीहरूलाई अन्तरआत्मादेखि वेल डन अनि हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौं,’ अनिताले फेसबुकमा लेख्नुभएको छ ।
मगर महिला संघले यूकेले विगतदेखि नै सराहनीय काम गर्दै आएको उल्लेख गर्नु हुँदै भोलिका दिनमा पनि यस्ता कामहरु गर्दै जाने विश्वास पूर्वउपाध्यक्ष रानाले व्यक्त गर्नुभएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा लोक तथा दोहोरी गायक युवराज मगर, गायक राजेश बर्देवा, पत्रकार पारस भट्टराईलगायतको उपस्थिति थियो । तनहुँको विकट ठाउँकी मन्दिरा दुवै आँखा देख्न नसक्ने रहेकोले सबैले माया र सहयोग गरिदिन समाजसेवी रानामगरले आग्रह गर्नुभएको छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी