
काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेलायतका लागि चन्द्रकुमार घिमिरेसहित १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ ।
सिंहदरबारमा १९ सेप्टेम्बर बिहीबार बसेको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिनुभयो । सिफारिस राजदूतको नाम यस प्रकार छन् ।
१ चीन : प्राडा कृष्णप्रसाद ओली
२ बेलायत : चन्द्रकुमार घिमिरे
३ जर्मनी : डा शैल रुपाखेती
४ भारत : शंकरप्रसाद शर्मा
५ इजरायल : डा धनप्रसाद पण्डित
६ मलेसिया :डा नेत्रप्रसाद तिमल्सिना
७ पाकिस्तान : रीता धिताल
८ पोर्चुगल : प्रकाशमणि पौडेल
९ कतार : रमेशचन्द्र पौडेल
१० रुस : जंगबहादुर चौहान
११ दक्षिण अफ्रिका : प्राडा कपिलमान श्रेष्ठ
१२ साउदी अरब : नरेशविक्रम ढकाल
१३ दक्षिण कोरिया : डा शिवमाया तुम्बाहेम्फे
१४ स्पेन : सनिल नेपाल
१५ अमेरिका : लोकदर्शन रेग्मी
१६. डेनमार्क :सुम्निमा तुलाधर
शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने अनुमोदन भएन । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अर्को बैठकमा छलफल हुनेछ । उहाँको विषयमा निर्णय गर्नेबारे स्नातक उत्तीर्णको प्रमाणपत्र नभेटिएको बताइएको छ । समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा