
लन्डन । फिदिम नगरपालिका-४ की क्यान्सरपीडित १६ वर्षीया विपासा खबासको उपचार सहयोगार्थ बेलायतमा संकलित २ लाख १४ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।
फिदिम-४ घर भई बेलायतमा बस्दै आउनुभएका सुक लिङ्देन र सुनु तुम्बापो गुरुङको सक्रियतामा संकलन भएको २ लाख १४ हजार रकम आइतबार बिरामीकी आमा सीता खबासलाई हस्तान्तरण गरिएको हो । उक्त रकम फिदिम-४ का वडाध्यक्ष उपेन्द्र लावती र समाजसेवी दिलकुमारी तुम्बापोले बिरामीकी आमालाई हस्तान्तरण गर्नुभयो ।
उक्त रकम सुनु र सुकले नेपालका विभिन्न जिल्लाबाट बेलायत आएका २७ जना नेपालीसॅग हातेमालो गरेर संकलन गर्नुभएको हो ।
आइतबार नै सुडानमा बस्दै आएका निवन तुम्बापोका तर्फबाट ५ हजार र फिदिम-७ रानीटार घर भई हाल कतारमा रहेकी सुरक्षा थुलुङले पठाएको १६ हजार ६ सय ६५ बिरामीलाई उपलब्ध गराइएको थियो । पीडितकी आमाले परिवारकै तर्फबाट सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
रक्त क्यान्सरबाट पीडित विपासाको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा