
लन्डन । बेलायतमा विभिन्न कार्यक्रमसहित ६ जीआरको वार्षिक भेटघाट सम्पन्न भएको छ ।
फानबोरोमा रहेको सामुयल कोडी कलेजमा शनिबार १४ सेप्टेम्बर २०२४ मा वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रम ६ गोर्खा राईफल्स बेलायतका संयोजक मेजर खुशीमान गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । उहाँले सोही क्रममा उपस्थित सम्पूर्ण ६ गोर्खा राईफल्सका सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।
यसैगरी ६ गोर्खा राईफल्स बेलायतका चियरमेन ब्रिगेडियर डंकन ब्रिग र नेपालका चियरमेन मेजर चन्द्र गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो । औपचारिक कार्यक्रम लगत्तै नेपालबाट आएका कलाकारहरुले कार्यक्रममा प्रस्तुति दिँदा थप रोचक बन्यो ।
यस वर्षको भेटघाट कार्यक्रममा नेपालबाट बेलायत आउनु भएका लोक तथा दोहोरी गायिका सबिना गुरुङ, मोडल, नायिका र डान्सर लक्ष्मी गुरुङ, मोडल तथा डान्सर आरुषी मगरका साथै स्थानीय कलाकारहरु क्याप्टेन वीरबहादुर थापा र खमिरजंग गुरुङले आ-आफ्नो दमदार प्रस्तुति दिनुभएको थियो । कलाकारसँगै ६ गोर्खा राईफल्सका सदस्य तथा उहाँहरुका परिवार नाचगानमा रमाउनुभएको थियो ।
कार्यक्रममा आ-आफ्नो कम्पनी साथै नेपाल कप फुटबल टिम र बटालियन सुटिङ टिमको सामूहिक तस्बिर खिचिएको थियो । संयोजक मेजर खुशीमान गुरुङ, उपसंयोजक अमृत गुरुङले प्रायोजन गरेको राफल ड्र कार्यक्रम कुमार गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रम गोलमान गुरुङले संचालन गर्नुभएको थियो भने उपसंयोजकको भूमिका अमृत गुरुङले निभाउनुभयो ।
कार्यक्रममा ६ गोर्खा राईफल्सका अफिसरलगायत झन्डै चार सय जनाको उपस्थिति रहेको आयोजकले दाबी गरेको छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत