
लन्डन । कोल्चेस्टर नेपाली समाज यूकेले आयोजना गरेको दर खाने कार्यक्रममा दिदीबहिनीहरुले नाचगान गरेका छन् ।
शनिबार ७ सेप्टेम्बर २०२४ का दिन हिन्दु नारीहरुको ठूलो पर्व हरितालिका तीजको अवसरमा आयोजित दर खाने कार्यक्रममा नेपाली लोक तथा दोहोरी गायक रविन लामिछाने, गायिका रेजिना परियारसँगै दिदीबहिनीहरुले सँगसँगै नाचगान गरेर रमाइलो मनाएका हुन् । समाजका महिला संयोजक कमला खत्रीको सभापतित्वमा भएको कार्यक्रममा दिदीबहिनीहरूले रेजिना र रविनको प्रस्तुतिमा दर्शकले उत्साहपूर्वक मनोरञ्जन लिए ।
उक्त अवसरमा राफल ड्र, मिसेस तीज कोल्चेस्टर २०२४ तथा वेस्ट ड्रेस प्रतियोगितासमेत राखिएको थियो । जसमा १६ जना प्रतिस्पर्धी रहेका थिए । उनीहरूमध्ये यस वर्षको सीएनएस मिसेस तीजको विजेता अंकिता बगाले बन्नुभयो ।
कार्यक्रमको विशेष अतिथि समाजसेवी इशा गुरुङ रहनुभएको थियो भने महिला सहसंयोजक सानु सुब्बाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
अन्त्यमा सभापति खत्रीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम बिट मार्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा