
लन्डन । कोल्चेस्टर नेपाली समाज यूकेले आयोजना गरेको दर खाने कार्यक्रममा दिदीबहिनीहरुले नाचगान गरेका छन् ।
शनिबार ७ सेप्टेम्बर २०२४ का दिन हिन्दु नारीहरुको ठूलो पर्व हरितालिका तीजको अवसरमा आयोजित दर खाने कार्यक्रममा नेपाली लोक तथा दोहोरी गायक रविन लामिछाने, गायिका रेजिना परियारसँगै दिदीबहिनीहरुले सँगसँगै नाचगान गरेर रमाइलो मनाएका हुन् । समाजका महिला संयोजक कमला खत्रीको सभापतित्वमा भएको कार्यक्रममा दिदीबहिनीहरूले रेजिना र रविनको प्रस्तुतिमा दर्शकले उत्साहपूर्वक मनोरञ्जन लिए ।
उक्त अवसरमा राफल ड्र, मिसेस तीज कोल्चेस्टर २०२४ तथा वेस्ट ड्रेस प्रतियोगितासमेत राखिएको थियो । जसमा १६ जना प्रतिस्पर्धी रहेका थिए । उनीहरूमध्ये यस वर्षको सीएनएस मिसेस तीजको विजेता अंकिता बगाले बन्नुभयो ।
कार्यक्रमको विशेष अतिथि समाजसेवी इशा गुरुङ रहनुभएको थियो भने महिला सहसंयोजक सानु सुब्बाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
अन्त्यमा सभापति खत्रीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम बिट मार्नुभएको थियो ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान