
मनोज पुन
लन्डन । द सोसाइटी अफ नेप्लिज इन्जिनियर्स (सोने यूके) यूकेको अध्यक्षमा सुबोध तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ ।
लन्डनको ब्ल्याकहीथस्थित एभरेष्ट इनमा शनिबार ७ सेप्टेम्बर २०२४ मा भएको एसओएनईको वार्षिक साधारणसभा तथा निर्वाचनबाट छैटौं कार्यसमिति अध्यक्षमा तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको हो । नयाँ कार्यसमिति उपाध्यक्ष पदमा डा. रुद्र पौडेल, महासचिवमा मनोज पुन, सचिवमा संगीता पोखरेल र कोषाध्यक्षमा सुमन चालिसे चयन हुनुभएको छ ।
त्यसैगरी, डा. ब्रह्मानन्द सापकोटा, पुकार सिवाकोटी, डा. सूर्यनाथ घिमिरे, सुजन शर्मा, र सुजीत शर्मा पनि कार्यसमितिका सदस्यहरूमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
वार्षिक साधारणसभाको अध्यक्षता निवर्तमान अध्यक्ष रुद्र कोइरालाले गर्नुभएको थियो भने सञ्चालन निवर्तमान सचिव सज्ञन खरेलले गर्नुभएको थियो । कोइरालाले पाँचौं कार्यसमितिले आफ्नो दुई वर्षे कार्यकालमा सम्पन्न गरिएका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन वार्षिक साधारणसभाले अनुमोदन गरेको छ ।
साधारणसभामा समाजका विविध गतिविधिहरूमा पनि छलफल गरिएको थियो । नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले आगामी कार्यकालको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरेपछि कार्यक्रम समापन भएको थियो ।
सन् २००७ मा स्थापना भएको एसओएनईले आफ्ना सदस्यहरूको हितका लागि कार्य गर्दै आएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा