
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले शनिबार आयरल्यान्ड भ्रमण सुरु गर्नुभएको छ ।
ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उदेश्यले प्रधानमन्त्री स्टार्मरले आयरल्यान्ड भ्रमण गर्नुभएको हो । यो पाँच वर्षयता बेलायती नेताको पहिलो आयरल्याण्ड भ्रमण हो ।
डाउनिङ स्ट्रिटले अघिल्लो कन्जर्भेटिभ सरकारको शासनकालमा बिग्रिएको द्विपक्षीय सम्बन्धलाई जोड्दै यो भ्रमणलाई “संयुक्त राह्य (युके)–आयरल्यान्ड सम्बन्धका लागि ऐतिहासिक क्षण” भनेर वर्णन गरेको छ । आयरल्याण्डका समकक्षी साइमन ह्यारिसले स्टारमरलाई डब्लिनमा स्वागत गर्नुभएको छ ।
युके–आयरल्यान्ड सम्बन्ध “कहिले पनि आफ्नो पूर्ण क्षमतामा पुगेको छैन र म यसलाई परिवर्तन गर्न चाहन्छु”, डाउनिङ स्ट्रीटले जारी गरेको टिप्पणीमा स्टारमरले भन्नुभयो । बेलायतीहरूले सन् २०१६ मा एउटा ऐतिहासिक जनमतसंग्रहमा युरोपेली सङ्घबाट बाहिरिने पक्षमा मतदान गरेका थिए र वर्षौँको राजनीतिक विभाजन र गतिरोधपछि अन्ततः सन् २०२० मा देश युरोपेली सङ्घबाट बाहिरिएको थियो। कन्जर्भेटिभ पूर्व प्रधानमन्त्री बोरिस जोनसनको यो कदमलाई आयरल्यान्ड र उत्तरी आयरल्यान्डको ब्रिटिश प्रान्त बीचको सम्बन्धलाई अस्थिर पारेको भन्दै आलोचना गरिएको थियो ।
शनिबारको भ्रमणका क्रममा दुई देशका नेताहरुले ’गुड फ्राइडे सम्झौता, सन् १९९८ मा भएको ऐतिहासिक शान्ति सम्झौता र उत्तरी आयरल्यान्डमा मेलमिलापका लागि आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने अपेक्षा गरिएको छ ।
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस