
लन्डन । नेपालबाट बेलायतमा आएका दुई दर्जन कलाकारको साथमा ‘तीज धमाका-२०२४’ सम्पन्न भएको छ ।
अल्डसटस्थित एम्पायर हलमा शुक्रबार ६ सेप्टेम्बरमा आयोजित कार्यक्रमलाई नेपालका ख्यातिप्राप्त लोक तथा दोहोरी गायक/गायिकाहरुले हरितालिका तीज गीत र अन्य प्रस्तुतिसहित आकर्षण बनाएका हुन् ।
तीज कार्यक्रम भक्त दर्जी नेतृत्वको सिर्जनशील नेपाली समाज युके, लक्ष्मी राई सञ्चालक रहेको न्यू लक्ष्मी ज्वेलर्स, पुरन गिरी सञ्चालक रहेको एम्पायर बैंक्वेटिङ एन्ड हल र एनएफडीएसएएन कमिटी युकेसहित ४ वटा संस्थाको आयोजनामा भएको हो ।
कार्यक्रममा नेपालबाट बेलायत आएका र यहाँ रहेका चर्चित लोक तथा दोहोरी गायिका, मोडल तथा डान्सरहरुले जोडदार प्रस्तुति दिए ।
कलाकारको प्रत्यक्ष गायनमा उपस्थित दर्शकहरु निकै रमाइलो मानेर नाचगान गरेका थिए । तीजमा मनमाया वाइबा, सबिना गुरुङ, टीका सानु, उषा गुरुङ, सपना गाहामगर, कला लम्साल, रेजिना परियार, गायकहरु रविन लामिछाने, राजु ढकाल, सुमन परियारलगायत कलाकारहरुको उपस्थिति थियो ।

सांगीतिक कार्यक्रमका लागि बेलायत आएका यत्ति धेरै कलाकारहरु एकै मञ्चमा भेट हुन सायद पहिलो भएको स्वयं कलाकारहरुले प्रतिक्रिया जनाएका छन् ।
बेलायतमा रहनुभएकी गायिका टीका सानुले नेपालमा रनिङ सिल्ड दोहोरी प्रतियोगिताको झल्को अल्डरसटको तीज धमाकाले दिएको प्रतिक्रिया जनाउनुभएको छ ।
‘नेपालमा रनिङ सिल्ड दोहोरी प्रतियोगितामा जताततै कलाकारहरुलाई भेट्न, देख्न पाइन्छ बेलायतमा चाहिँ भक्त दर्जी दाजुको कार्यक्रम तीज धमाका २०२४ मा देख्न पाइयो । उधुम रमाइलो भयो,’ गायिका टीकाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
उहाँले बेलायतमा रहेका विभिन्न नेपाली संघ संस्थाको निमन्त्रणामा नेपालबाट बेलायतमा आएका दुई दर्जनभन्दा धेरै नेपाली कलाकारहरु एउटै छानोमा एकै चोटी प्रस्तुत हुने संयोग जुरेको समेत टिप्पणी गर्नुभएको छ । उहाँले भक्त दर्जीलगायत सबै आयोजक टिमप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
यस्तै गायक प्रेम विवश घर्तीले २८ जना कलाकार साथीहरुसँग एकसाथ तीज मनाउन पाउँदा यसपटक ऐतिहासिक लागेको बताउनुभएको छ ।
‘हुन त, हरेक वर्षको तीज मेरो लागि राम्रै हुने गर्छ र प्राय: प्ररदेशमा नै हुने गर्छ । यसपाली पनि मेरो तीज बेलायतमा भयो ।
त्यो पनि बेलायतवासी आमाबुवा, दाज्यूभाइमात्र नभई नेपालबाट आएका र बेलायतलाई कर्मथलो बनाई सांगीतिक क्षेत्रमा निरन्तर कर्म गर्नुहुने २८ जना कलाकार साथीहरुसँग एकसाथ तीज मनाउन पाउँदा यसपालीको तीज ऐतिहासिक भएको महसुस गरेको छु,’ गायक घर्तीको फेसबुक स्टाटस्मा लेखिएको छ, ‘यो अवसरका लागि भक्त दर्जी दाइ, भाउजु, मनसूदन थापा दाइ, प्रेम बुरा दाई र सम्पूर्ण आयोजक र प्रायोजकप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
‘हिन्दु नेपालीहरुले मनाउने तीज पर्व यस वर्ष भदौ २१ अर्थात् सेप्टेम्बर ६ तारिखमा बेलायत, नेपालसहित विश्वभर मनाइएको छ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’