
लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ यूकेको साताव्यापी ‘प्रज्ञापारमिता अनुष्ठान कार्यक्रम’ आइतबार समापन हुँदै छ ।
यही सेप्टेम्बर २ तारिखबाट सुरू भएको प्रज्ञापारमिता अनुष्ठान कार्यक्रम ८ सेप्टेम्बरका दिन अन्त्य हुने आयोजक बुद्धिस्ट गुम्बा रेडिङ यूकेले जानकारी दिएको छ । गुम्बाका मूलगुरु खेन् रिम्पोछे शीर लामा गुरुङको अगुवाइमा ८ जना दक्ष गुरुहरुबाट भगवान बुद्धको वचन १६ ठेलीको प्रज्ञापारमिता (ह्यूंपति) वाचन जारी छ ।
अन्तिम दिन आइतबार बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेका का अध्यक्ष हर्क गुरुङको मुख्य आतिथ्यतामा कार्यक्रम हुँदैछ । समापन आइतबार परेकोले संघसंस्था र गुम्बाहरुबाट धेरै भक्तजनहरु उपस्थित हुने अनुमानसहित आयोजक र व्यवस्थापन पक्षले सोही बमोजिम तयारी गरिरहेको जनाइएको छ ।
आयोजकले बेलायतवासी सम्पूर्ण भक्तजनहरुलाई अनुष्ठानमा उपस्थित भई पूण्य आर्जन गर्न पनि अनुरोध गरेका छन् ।
विश्वशान्तिका लागि भन्दै आयोजना गरिएको बुद्ध वचन वाचन कार्यक्रममा दिइएको दान उपस्थित भक्तजनहरुलाई प्रसाद, भोजन गराउने र बचेको रकमले गुम्बाको संरचना निर्माण गर्ने लक्ष्य रहेको गुम्बाका मूलगुरु खेन् रिम्पोछे शीर लामा गुरुङले बताउनुभएको छ ।
सेप्टेम्बर २ को पहिलो दिनमा गुम्बाका मूलगुरुसहित सम्पूर्ण गुरुहरुको वाचनका बीच मुख्य अतिथि प्रज्ञापारमिता पुस्तक दाता मेजर्नी यौमाया गुरुङ (स्वर्गीय पति गो.मे. प्रताप सिं गुरुङको स्मृतिमा) ले बत्ती बालेर सुरु गर्नुभएको थियो । गुम्बाका अध्यक्ष ई. श्री खेमबहादुर गुरुङ, महासचिव कमल गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, नरबहादुर गुरुङ, श्रीमती रजनी गुरुङ, में. बुद्धिबहादुर गुरुङ, चन्द्रमान गुरुङ, राधा गुरुङ, सम्पूर्ण ट्रस्टीहरु, कार्यसमिति, आमा समूह लगायत सयौं भक्तजनहरुको उपस्थितिमा ह्यूम पोस्ती वाचन सुरु हुँदा सम्पूर्ण भक्तजनहरु र सम्भोटा लिपीमा दक्ष आमाहरुले वाचन कार्यमा गुरुहरुलाई प्रज्ञापारम्ताका भागहरु पढी सहयोग गर्नुभएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम