
लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ यूकेको साताव्यापी ‘प्रज्ञापारमिता अनुष्ठान कार्यक्रम’ आइतबार समापन हुँदै छ ।
यही सेप्टेम्बर २ तारिखबाट सुरू भएको प्रज्ञापारमिता अनुष्ठान कार्यक्रम ८ सेप्टेम्बरका दिन अन्त्य हुने आयोजक बुद्धिस्ट गुम्बा रेडिङ यूकेले जानकारी दिएको छ । गुम्बाका मूलगुरु खेन् रिम्पोछे शीर लामा गुरुङको अगुवाइमा ८ जना दक्ष गुरुहरुबाट भगवान बुद्धको वचन १६ ठेलीको प्रज्ञापारमिता (ह्यूंपति) वाचन जारी छ ।
अन्तिम दिन आइतबार बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेका का अध्यक्ष हर्क गुरुङको मुख्य आतिथ्यतामा कार्यक्रम हुँदैछ । समापन आइतबार परेकोले संघसंस्था र गुम्बाहरुबाट धेरै भक्तजनहरु उपस्थित हुने अनुमानसहित आयोजक र व्यवस्थापन पक्षले सोही बमोजिम तयारी गरिरहेको जनाइएको छ ।
आयोजकले बेलायतवासी सम्पूर्ण भक्तजनहरुलाई अनुष्ठानमा उपस्थित भई पूण्य आर्जन गर्न पनि अनुरोध गरेका छन् ।
विश्वशान्तिका लागि भन्दै आयोजना गरिएको बुद्ध वचन वाचन कार्यक्रममा दिइएको दान उपस्थित भक्तजनहरुलाई प्रसाद, भोजन गराउने र बचेको रकमले गुम्बाको संरचना निर्माण गर्ने लक्ष्य रहेको गुम्बाका मूलगुरु खेन् रिम्पोछे शीर लामा गुरुङले बताउनुभएको छ ।
सेप्टेम्बर २ को पहिलो दिनमा गुम्बाका मूलगुरुसहित सम्पूर्ण गुरुहरुको वाचनका बीच मुख्य अतिथि प्रज्ञापारमिता पुस्तक दाता मेजर्नी यौमाया गुरुङ (स्वर्गीय पति गो.मे. प्रताप सिं गुरुङको स्मृतिमा) ले बत्ती बालेर सुरु गर्नुभएको थियो । गुम्बाका अध्यक्ष ई. श्री खेमबहादुर गुरुङ, महासचिव कमल गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, नरबहादुर गुरुङ, श्रीमती रजनी गुरुङ, में. बुद्धिबहादुर गुरुङ, चन्द्रमान गुरुङ, राधा गुरुङ, सम्पूर्ण ट्रस्टीहरु, कार्यसमिति, आमा समूह लगायत सयौं भक्तजनहरुको उपस्थितिमा ह्यूम पोस्ती वाचन सुरु हुँदा सम्पूर्ण भक्तजनहरु र सम्भोटा लिपीमा दक्ष आमाहरुले वाचन कार्यमा गुरुहरुलाई प्रज्ञापारम्ताका भागहरु पढी सहयोग गर्नुभएको थियो ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु