
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गरेको छ । बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने वर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे, खेन्पो, लोपेनलगायत लामा गुरुहरुलाई शनिबार ३१ अगस्टका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा स्वागत तथा सम्मान गरिएको हो । उनीहरुलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, आमाहरु साथै भक्तजनहरुले खादा लगाइदिनुभएको थियो ।
कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति र आयू पूजा गरिएको थियो । त्यस्तै, खेन्पो बाग्रिन्द्र शिलाले बोधीसत्वको अभ्यास विषयमा प्रवचन दिनुभएको थियो । साथसाथै, खेन्पो सेनाङ्ग ग्याम्जोले संघ दान तथा वर्षवासको विषयमा प्रवचन दिनुभएको थियो । त्यस अवसरमा बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी यूकेको स्थापना, यसले दिँदै आएका विभिन्न सेवाहरुको बारेमा जानकारी गराउँदै गुरुहरुलाई स्वागत गर्नुभएको थियो ।

बेलायतका विभिन्न गुम्बाहरुमा आबद्ध भएका तथा हालै नेपालबाट आएका धर्महरुलाई स्वागत तथा सम्मान गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा निमा लुङ्गरिक रिन्पोछे, खेन्पो बाग्रिन्द्र शिला, खेन्पो सेनाङ्ग ग्याम्जो, खेन्पो सन्तोष गुरुङ, खेन्पो नरेश गुरुङ, खेन्पो दावा तेन्जिन, लामा रक्षे गुरुङ, लामा काजी गुरुङ, लामा देबिरास गुरुङ, लामा गमबहादुर गुरुङको सहभागिता रहेको थियो ।
बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङदावा शेर्पाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, संस्थापक आमा प्रमुख, पूर्वआमा प्रमुखहरु, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरु, कार्यसमिति, आमा समितिलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षता र महासचिव मेजर हितमान गुरुङको संचालनमा सम्पन्न कार्यक्रमको अन्त्यमा बीसीसी यूकेले गुरुहरुलाई संघ दान र भक्तजनहरुले दर्शन गर्नुभएको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक