
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गर्ने भएको छ ।
बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे, खेन्पो, लोपेनलगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्टका दिन अल्डरसटस्थित गुम्बामा स्वागत गर्न लागिएको हो । उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति, आयू पूजा, खेन्पो बाग्रिन्द्र शिलाले बोधीसत्वको अभ्यास बिषयमा प्रवचन, खेन्पो सेनाङ्ग ग्याम्जोले संघ दान तथा बर्षवासको विषयमा प्रवचन दिइने भएको छ ।
कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछे, खेन्पो बाग्रिन्द्र शिला, खेन्पो सेनाङ्ग ग्याम्जो, खेन्पो सन्तोष गुरुङ, खेन्पो दावा तेन्जिन, लामा रक्षे गुरुङ, लामा काजी गुरुङ, लामा देबिरास गुरुङ, लामा गमबहादुर गुरुङको उपस्थिति रहने भएको छ ।
विभिन्न पूजा, प्रवचन, संघ दानका साथ सम्पन्न हुन लागेको उक्त कार्यक्रममा सहभागी हुन बेलायतमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले अनुरोध गर्नुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा