
लण्डन । बेलायतको युनिभर्सिटी कलेज बर्मिङघममा स्नातक तहमा अध्ययनरत विनिता चौलागाईले आत्महत्या गरेकी छिन् ।
उनले सोमबार (अगष्ट २६) बिहान आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको बुझिएको छ ।
निजगढ बाराकी २२ वर्षीया चौलागाई गतवर्ष उच्चशिक्षा अध्ययनका लागि बेलायत आएकी थिइन् । उन फूलबहादुर चौलागाई र रुकु कुमारी चौलागाईको छोरी हुन् ।
उनको शव नेपाल पठाउनका लागि उनका साथीहरुले कोष संकलन शुरु गरेका छन् । (सो कोषमा सहयोग गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।)
बेलायतका लागि नेपालकी कार्यबाहक राजदुत श्रीमती रोशन खनालले चौलागाईको मृत्युका बारेमा दुताबासमा जानकारी आएको र नेपालमा रहेका परिवार तथा बेलायतमा रहेका विनिताका साथीहरुसित समन्वय गरिरहेको जानकारी दिनुभयो ।
उहाँले विनिताले युनिभर्सिटीलाई पूरा शुल्क बुझाइसकेको भए सो शुल्क फिर्ताका लागि दुताबासले पहल गर्ने पनि बताउनुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा