
लन्डन । संगीतकार दिनेशकाजी बान्तवालाई पितृशोक परेको छ । दिनेशका बुबा भूपूब्रिटिस गोर्खा भक्तबहादुर राईको २८ अगस्ट २०२४ मा युकेमा निधन हो ।
भोजपुर जिल्ला, टेम्के मैयुङ गाउँ पालिका, खोङटाङ-४ स्थायी घर भई हाल ह्यारो, मिडलसेक्स, बेलायतमा बस्दै आउनुभएका ७ गोर्खा राईफल्सका भूपूब्रिटिस गोर्खा राईफलमेन भक्तबहादुर ७९ वर्षका हुनुहुन्थ्यो । केही समयदेखि अस्वस्थ रहनुभएका भक्तबहादुरको उपचारका क्रममा निधन भएको हो ।
पिता बिरामी परेपछि संगीतकार दिनेश भेट्नका लागि केही समयअघि युके आउनुभएको हो ।
भक्तबहादुर (सुबास) केही वर्षदेखि श्रीमती पन्चदेवी राई र छोराहरु महेश राई, गायक रमेश राईसहित युकेमा बसोबास गरिरहनुभएको थियो । दिवंगत भक्तबहादुरको अन्तिम संस्कार किरात संस्कारअनुसार जन्मभूमि नेपालमा गरिने योजना रहेको जनाइएको छ । शव नेपाल लैजान परिवारसँगको सहकार्यमा किरात राई बान्तवा रुङमाहाङ बात्तोङ समिति युके र किरात राई यायोक्खा प्राकास लन्डनले आवश्यक सहजीकरण गर्नेछन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास