
लन्डन । संयुक्त अधिराज्य (बेलायत) को राजधानी लन्डनको पूर्वतर्फ रहेको अपार्टमेन्टमा सोमबार आगलागी भएको छ ।
गार्जियन समाचारका अनुसार आगलागीमा परेका १०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । अपार्टमेन्टमा लागेको आगो निभाइ सकिएको लन्डन फायर ब्रिगेड (एलएफबी) लाई उद्धृत गर्दै गार्जियनले समाचार लेखेको छ । स्थानीय समयअनुसार बिहान २:४४ मा लागेको आगलागी ७:३० सम्म पनि देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
४० दमकल तथा २२५ अग्नि नियन्त्रकले आगो निभाएका थिए । आगलागीको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।
यसअघि १७ अगस्टमा पनि बेलायतको ऐतिहासिक सांस्कृतिक केन्द्र (समरसेट हाउस) मा पनि आगलागी भएको थियो । त्यतिबेला आगलागी निभाउन १०० अग्निनियन्त्रक परिचालन खगरिएको थियो भने १५ वटा दमकल प्रयोग गरिएको थियो ।
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस