
लन्डन । बेलायतको नर्दन आयरल्यान्डस्थित नेपाली व्यवसायीले सञ्चालन गरेको रेलवे बार एन्ड स्टीम डाइनिङमा पेट्रोल बम प्रहार गरिएको छ ।
बालीक्लेयर रोड, न्यूटाउन आबीमा रहेको उक्त बार एन्ड स्टीम डाइनिङमा मंगलबार राति १:५० बजेतिर पेट्रोल बम प्रहार गरी आगजनी गरिएको हो । आगजनीपछि पबको भित्तामा ‘मुस्लिम आउट’ लेखिएको छ । दक्षिणपन्थी समूहले आगजनी गरेको हुन सक्ने बताउँदै व्यवसायी अब्जन आचार्यले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताउनुभएको छ ।
बीबीसीसँग कुराकानी गर्नुहुँदै व्यवसायी आचार्यले आगजनीपछि आफ्नो पब र रेष्टुरेन्ट पूर्णरुपमा क्षति भएर बन्द गर्नु परेको बताउनुभएको छ । आचार्यले गत मार्चमा मात्र करिब एक लाख पाउन्ड लगानी गरेर उक्त व्यवसाय सुरु गर्नुभएको थियो । बागलुङका स्थायी बासिन्दा आचार्य सन् २००६ देखि बेलायत आउनुभएको हो ।
बेलायतमा केही साता अघिमात्र एक साता लामो हिंसात्मक दंगा भएको थियो । दक्षिणपन्थी समूहले आप्रवासी र मुस्लिमहरूलाई मुख्य निसाना बनाएर गरेको उक्त दंगा१३ वर्षयता सबैभन्दा उग्र मानिएको छ । गत जुलाई २९ मा उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टमा एक १७ वर्षीय युवाले छुरा प्रहार गरेर ६, ७ र ९ वर्षका तीन बालिकाको हत्या गरेपछि हिंसा फैलिएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास