
लन्डन । गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले ‘वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार १० अगस्टमा सागरमाथा गोर्खा नेपाली कम्युनिटी आस्फोर्ड केन्टको हलमा सीएनसीबीजीले वंशजको नेपाली नागरिकता निरन्तरता विषयमा अन्तरक्रिया कार्यक्रम भव्य र सभ्य तवरले सम्पन्न भएको सीएनसीबीजीका महासचिव भक्त रानाले जानकारी दिनुभयो । उनले ‘वंशजको नागरिकता नत्यागौं, निरन्तरता अभियानमा एकजुट होऔं’ भन्ने सन्देश समुदायस्तरमै पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।
संस्थाका अध्यक्ष थर्क रानाको अध्यक्षतामा भएको अन्तरक्रियाको मुख्य अतिथि सगरमाथा गोर्खा नेपाली समाज फोक्स्टनका अध्यक्ष डम्मर सिंगक लिम्बू हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित अन्य अतिथिहरुमा महिला समाज फोक्स्टन केन्टकी अध्यक्ष उमा गुरुङ, बुद्धिष्ट समाज केन्द्रकी अध्यक्ष प्रेमकुमरी गुरुङ, मन्जुश्री माने मोलम समूह फोक्स्टन, केन्टकी अध्यक्ष तारा गुरुङ, नेपाली कलाकार प्रस्तोता समाज फोक्स्टन, केन्टकी अध्यक्ष जानुका पुन, ओखलढुङ्गा जिल्ला समाज फोक्स्टन, केन्टकी उपाध्यक्ष राजदेवी, मगर समाज फोक्स्टन, केन्ट शाखाका अध्यक्ष क्या. (रि) नानी बाबु मगर, गुरुङ समाज फोक्स्टन, केन्टका अध्यक्ष क्या. (रि) डोलबहादुर गुरुङ हुनुहुन्थ्यो । उहाँहरु सबैले सीएनसीबीजीले चलाएको वंशजको आधारमा नेपाली नागरिकता निरन्तरता अभियानप्रति पूर्ण समर्थन र ऐक्यबद्धतासहित कार्यसफलताको शुभकामना दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उपाध्यक्ष शोभराजले संचालन गरेको उक्त कार्यक्रममा महासचिव भक्त रानाले सीएनसीबीजीको अवधारणा प्रस्तुत गर्नुभएको थियो । कृष्ण राईले एनआरएनको विधान प्रस्तुत गर्दै त्यो गोर्खाहरुको हकमा घातक हुने कुरामा जोड दिनुभएको थियो । साथै केन्द्रीय कार्यसमिति सदस्य दिर्ग गुरुङले अभियानलाई सशक्त र दरिलो बनाउन अन्तर्राष्ट्रिय सन्धि र कानुनहरुलाई स्पष्ट पार्दै सबैले ती सन्धि र कानुनहरु बुझ्नु पर्ने आवश्यकतालाई औंल्याउनुभएको थियो ।
कार्यक्रमको अन्तिमतिर अध्यक्ष थर्क राना साथै केन्द्रीय कार्यसमितिका अन्य सदस्यहरुले अन्तरक्रियामा उपस्थित महानुभावहरुका विभिन्न जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।
अन्त्यमा अध्यक्ष थर्कले अभियानको आवश्यकता र महत्वलाई स्पष्ट पार्दै नैतिक, भौतिक अनि आर्थिक सहयोगको पूर्ण अपेक्षा गर्दै सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा