लन्डन । पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बङ्गलादेशमा अल्पसङ्ख्यक समूहविरुद्ध भएको हिंसाको विरोधमा शनिबार बेलायतको संसद् भवन बाहिर प्रदर्शनकारीहरु भेला भएका छन् ।

बङ्गलादेशमा हाल हिंसामा वृद्धि हुँदै जाँदा प्रदर्शनकारीहरुले शान्ति र समानताको माग गर्दै नारा लगाएका थिए ।
प्रदर्शनमा विभिन्न मानव अधिकार सङ्गठनका कार्यकर्ता, बङ्गलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूको सहभागिता रहेको थियो ।
बङ्गलादेशका एकजना प्रदर्शनकारी उनादीले बङ्गलादेशी अल्पसङ्ख्यक हिन्दूमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै बहुसंख्यक जनसङ्ख्याले उनीहरूलाई अन्यायका विरुद्ध बोल्नबाट रोकेको बताउनुभयो ।
“हाम्रो देश सन् १९७१ मा स्वतन्त्र भयो ताकि सबै समुदायहरू शान्तिपूर्वक बाँच्न सकुन्। तर अहिले हामी बहुसङ्ख्यक समुदायले गरेको अत्याचारबाट पीडित छौं”, उनादीले भन्नुभयो ।
“जनताको मानसिकता परिवर्तन गर्नुपर्छ ताकि हामी शान्तिपूर्वक बाँच्न सकौँ । अहिलेको आधुनिक समयमा सबै समुदायहरू शान्तिपूर्वक बाच्नुपर्छ । हामी सबै समान छौँ”, उहाँले बताउनुभयो ।
बेलायतको बङ्गाली क्रिश्चियन एसोसिएसनका एकजना प्रदर्शनकारीले सबै समुदायलाई समान व्यवहारको आवश्यकतालाई जोड दिनुभयो ।
बहुसङ्ख्यक समुदायको अत्याचारका कारण बङ्गलादेशी अल्पसङ्ख्यकहरू देश छाडेर भाग्न बाध्य भइरहेका अर्का प्रदर्शनकारीले जनाएका छन्
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा