
लन्डन । नेपाली दूतावास लन्डनले केही दिनदेखि बेलायतका विभिन्न सहरमा विरोध प्रदर्शन, हुलदंगा चलिरहेको भन्दै त्यस्ता स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन नेपालीहरूलाई आग्रह गरेको छ ।
दूतावासले मंगलबार सूचना प्रकाशित गर्दै प्रदर्शन, हुलदंगा चलिरहेको स्थानमा नजान बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकहरुलाई आग्रह गरेको हो ।
नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउनसमेत दूतावासको अनुरोध छ । ‘यस राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको छ । यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ,’ सूचनामा लेखिएको छ ।
बेलायतस्थित नेपाली संघ संगठनहरुलाई आफ्नो संस्था/समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्नसमेत अनुरोध गर्दै दूतावासले आपतकालीन अवस्थामा राजदूतावासलाई सम्पर्क गर्न सकिनेसमेत जनाएको छ ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास