
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले नेपाल पत्रकार महासंघ बेलायत शाखाको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
आइतबार ४ अगस्टमा अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आयोजित ३० औं विश्व आदिवासी दिवस समारोहमा बिमला सेने नेतृत्वको कार्यसमितिलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको हो । जनजाति महासंघ बेलायतकी पूर्वमहासचिवसमेत रहनु भएको सेने नेतृत्वको पत्रकार महासंघ बेलायतको कार्यसमिति
गत जुलाई १४ मा भएको छैटौं अधिवेशनबाट निर्वाचित भएको थियो ।
महासंघ कार्यसमितिमा अध्यक्ष सेने, वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्ष (खुला) मा शिव भण्डारी, उपाध्यक्ष (महिला) मा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मन्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम हुनुहुन्छ ।
त्यस्तै, सदस्यहरूमा बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना, मिलनध्वज गुरुङ (मिलन तमु) र वाचस्पति रेग्मी रहनुभएको छ ।
आफू नेतृत्वको कार्यसमितिलाई सम्मान प्रदान भएपछि अध्यक्ष सेनेले नेपाल आदिवासी जनजाति महासंघ बेलायतसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जनजाति महासंघ बेलायत, नेपाल आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति युवा महासंघ र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघसमेतको आयोजनामा दिवस मनाइँदैछ । जातीय संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघमा बेलायतमा रहेका १४ वटा जातीय संस्थाहरु आबद्ध रहेका छन् । महासंघका अध्यक्ष रि.मे योगेश कोयी राईको अध्यक्षमा भइरहेको कार्यक्रममा बाक्लो संख्यामा उपस्थिति रहेको छ ।
हरेक वर्ष विश्वभर अगष्ट ९ मा विश्व अदिवासी दिवस मनाइन्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा