
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले नेपाल पत्रकार महासंघ बेलायत शाखाको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
आइतबार ४ अगस्टमा अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आयोजित ३० औं विश्व आदिवासी दिवस समारोहमा बिमला सेने नेतृत्वको कार्यसमितिलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको हो । जनजाति महासंघ बेलायतकी पूर्वमहासचिवसमेत रहनु भएको सेने नेतृत्वको पत्रकार महासंघ बेलायतको कार्यसमिति
गत जुलाई १४ मा भएको छैटौं अधिवेशनबाट निर्वाचित भएको थियो ।
महासंघ कार्यसमितिमा अध्यक्ष सेने, वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्ष (खुला) मा शिव भण्डारी, उपाध्यक्ष (महिला) मा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मन्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम हुनुहुन्छ ।
त्यस्तै, सदस्यहरूमा बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना, मिलनध्वज गुरुङ (मिलन तमु) र वाचस्पति रेग्मी रहनुभएको छ ।
आफू नेतृत्वको कार्यसमितिलाई सम्मान प्रदान भएपछि अध्यक्ष सेनेले नेपाल आदिवासी जनजाति महासंघ बेलायतसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जनजाति महासंघ बेलायत, नेपाल आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति युवा महासंघ र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघसमेतको आयोजनामा दिवस मनाइँदैछ । जातीय संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघमा बेलायतमा रहेका १४ वटा जातीय संस्थाहरु आबद्ध रहेका छन् । महासंघका अध्यक्ष रि.मे योगेश कोयी राईको अध्यक्षमा भइरहेको कार्यक्रममा बाक्लो संख्यामा उपस्थिति रहेको छ ।
हरेक वर्ष विश्वभर अगष्ट ९ मा विश्व अदिवासी दिवस मनाइन्छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास