
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको आयोजनामा शनिबार ३ अगस्टमा फेल्थाममा पहिलो एनआरएनए कप र महोत्सव सम्पन्न भएको छ ।
अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा र बेलायतका सांसदको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम प्रमुख अतिथि सांसद एलेक्स ब्याकर, अध्यक्ष गाहामगर र प्रमुख संरक्षक डेभिड गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

एनआरएनए कप फुटबल प्रतियोगितामा भेट्रान र नन भेट्रान गरी ४० टिमले प्रतिस्पर्धा भएको थियो । ननभेट्रान विजेताले २ हजार पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र तथा रनर अपले एक हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएका छन् । म्यान अफ द म्याच, वेस्ट स्कोरर, वेस्ट किपरलाई पनि उपाधि प्रदान गरियो । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई अतिथिहरु र प्रायोजकहरुबाट पुरस्कार वितरण गरेका थिए ।

एनआरएनए कप युवा तथा खेल संयोजक विशाल राई गर्नुभएको थियो । बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ‘९ए साइड’ एनआरएनए कप फुटबल प्रतियोगिता गरिएको हो ।
महोत्सवमा सातै प्रदेशका किशोरी, पाइपर धुन र पन्चे बाजाद्वारा अतिथिलाई स्वागत गरिएको थियो । महोत्सवमा खाना र अन्य व्यापारिक स्टल रहेको थियो
एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले सञ्चालन उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।










हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस