
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको आयोजनामा शनिबार ३ अगस्टमा फेल्थाममा पहिलो एनआरएनए कप र महोत्सव सम्पन्न भएको छ ।
अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा र बेलायतका सांसदको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम प्रमुख अतिथि सांसद एलेक्स ब्याकर, अध्यक्ष गाहामगर र प्रमुख संरक्षक डेभिड गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

एनआरएनए कप फुटबल प्रतियोगितामा भेट्रान र नन भेट्रान गरी ४० टिमले प्रतिस्पर्धा भएको थियो । ननभेट्रान विजेताले २ हजार पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र तथा रनर अपले एक हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएका छन् । म्यान अफ द म्याच, वेस्ट स्कोरर, वेस्ट किपरलाई पनि उपाधि प्रदान गरियो । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई अतिथिहरु र प्रायोजकहरुबाट पुरस्कार वितरण गरेका थिए ।

एनआरएनए कप युवा तथा खेल संयोजक विशाल राई गर्नुभएको थियो । बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ‘९ए साइड’ एनआरएनए कप फुटबल प्रतियोगिता गरिएको हो ।
महोत्सवमा सातै प्रदेशका किशोरी, पाइपर धुन र पन्चे बाजाद्वारा अतिथिलाई स्वागत गरिएको थियो । महोत्सवमा खाना र अन्य व्यापारिक स्टल रहेको थियो
एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले सञ्चालन उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।










एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा