
लन्डन । इजरायल र हेजबुल्लाहबीच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।
बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बेलायती नागरिकले लेबनान छोड्नुपर्ने यसबाट सिर्जना हुने व्यावसायिक विकल्प उपलब्ध रहेको जनाएको छ ।
विदेशमन्त्री डेभिड ल्यामीले भने, “तनाव उच्च छ र स्थिति चाँडै बिग्रन सक्छ ।”
“हामी लेबनानमा हाम्रो कन्सुलर उपस्थितिलाई बलियो बनाउन अहोरात्र काम गरिरहेका छौं, त्यहाँ रहेका बेलायती नागरिकहरूलाई मेरो सन्देश स्पष्ट छ अब लेबनान छोड्नुहोस् ।”
विदेश मन्त्रालयले उक्त क्षेत्रमा ‘सीमा बल, कन्सुलर अधिकारी र सैन्य कर्मीहरू’ तैनाथ गरेर बेलायतीहरूका लागि आफ्नो सहयोगलाई ‘मजबुत’ बनाइरहेको बताएको छ ।
“अधिकारीहरूले दूतावासका कर्मचारीहरूलाई ‘अतिरिक्त सहयोग’ प्रदान गर्नेछन् भने सैन्य कर्मचारीहरूले दूतावासहरूलाई ‘बेलायती नागरिकहरूलाई मद्दत गर्न परिचालन सहयोग’ प्रदान गर्नेछन्,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
“मानवीय आवश्यकताका साथ सहयोगीहरूलाई सहयोग गर्न पूर्वी भूमध्यसागरमा पहिल्यै देखि नै आरएफए कार्डिगन बे र एचएमएस डङ्कनसँग अवतरण भइसकेका छन् भने वायु सेनाले हेलिकप्टरहरू पनि तयारी अवस्थामा राखेको छ,” विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले निर्देशनमा भनेको छ, “लेबनानबाट बाहिरिने सडकसहित मार्गहरू प्रभावित, सीमित, वा बन्द हुने सम्भावनासँगै बेलायती टोलीहरूले आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह जारी राख्नेछन् र उनीहरूलाई व्यावसायिक विकल्पहरू उपलब्ध हुनेछन् ।”
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान