
लन्डन । इजरायल र हेजबुल्लाहबीच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।
बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बेलायती नागरिकले लेबनान छोड्नुपर्ने यसबाट सिर्जना हुने व्यावसायिक विकल्प उपलब्ध रहेको जनाएको छ ।
विदेशमन्त्री डेभिड ल्यामीले भने, “तनाव उच्च छ र स्थिति चाँडै बिग्रन सक्छ ।”
“हामी लेबनानमा हाम्रो कन्सुलर उपस्थितिलाई बलियो बनाउन अहोरात्र काम गरिरहेका छौं, त्यहाँ रहेका बेलायती नागरिकहरूलाई मेरो सन्देश स्पष्ट छ अब लेबनान छोड्नुहोस् ।”
विदेश मन्त्रालयले उक्त क्षेत्रमा ‘सीमा बल, कन्सुलर अधिकारी र सैन्य कर्मीहरू’ तैनाथ गरेर बेलायतीहरूका लागि आफ्नो सहयोगलाई ‘मजबुत’ बनाइरहेको बताएको छ ।
“अधिकारीहरूले दूतावासका कर्मचारीहरूलाई ‘अतिरिक्त सहयोग’ प्रदान गर्नेछन् भने सैन्य कर्मचारीहरूले दूतावासहरूलाई ‘बेलायती नागरिकहरूलाई मद्दत गर्न परिचालन सहयोग’ प्रदान गर्नेछन्,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
“मानवीय आवश्यकताका साथ सहयोगीहरूलाई सहयोग गर्न पूर्वी भूमध्यसागरमा पहिल्यै देखि नै आरएफए कार्डिगन बे र एचएमएस डङ्कनसँग अवतरण भइसकेका छन् भने वायु सेनाले हेलिकप्टरहरू पनि तयारी अवस्थामा राखेको छ,” विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले निर्देशनमा भनेको छ, “लेबनानबाट बाहिरिने सडकसहित मार्गहरू प्रभावित, सीमित, वा बन्द हुने सम्भावनासँगै बेलायती टोलीहरूले आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह जारी राख्नेछन् र उनीहरूलाई व्यावसायिक विकल्पहरू उपलब्ध हुनेछन् ।”
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा