
लन्डन । चितवन एड ट्रष्ट यूके (क्याट यूके) ले जिल्लाका गरिब तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ कोष अभिवृद्धिका निम्ति आयोजित च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।
२८ जुलाई साँझ ब्लु रुम स्पोर्टस् भेन्यू ह्यारोमा फायर वाक (आगोमा हिंड्ने) सहित र सांस्कृतिक कार्यक्रमसहित च्यारिटी भएको हो । फायर वाकमा सय जनाभन्दा बढीले उत्साहजनक सहभागिता जनाएको कार्यक्रम संयोजक कृष्ण गुरूङले जानकारी दिनुभयो । सहभागीलाई संस्थाले प्रमाणपत्र समेत प्रदान गरेको छ ।
उक्त च्यारिटीबाट १५ हजार पाउण्ड संकलन भएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो । संकलित रकमबाट खर्च कटाएर बांकी नेपाल पठाइने क्याट यूके अध्यक्ष तिवारीले जनाउनुभयो । उहाँले कार्यक्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने समस्त दाता र अतिथीहरुप्रति आभार समेत व्यक्त गर्नुभयो ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले मन्तव्य व्यक्त गर्दै क्याट यूकेको सामाजिक कार्य प्रशंसनीय रहेको जनाउनुभयो ।
कार्यक्रम संयोजक कृष्ण गुरुङले फायर वाक यूके कम्पनीको सहकार्यमा इभेन्ट भएको र यो सशक्तिकरण, सकारात्मक सोच, आत्मविश्वास र दिमागको शक्ति वृद्धि गर्ने सवालमा महत्वपूर्ण रहेको बताउनुभयो ।

सो अवसरमा संस्थाले आफ्ना संस्थापक अध्यक्ष कपिल श्रेष्ठ र संस्थापक महासचिव लोक गुरुङ एवं काउन्सिलर धनबहादुर सार्की र इनास यूके अध्यक्ष सञ्जय कंडेललाई विशेष सम्मान गर्यो ।
कार्यक्रममा नेपालबाट आएका गायक गायिकाहरु मिलन लामा, राजन गुरुङ, तिलक गुुुरुङ, सुशीला गौतम र वसन्त लम्सालले गायन प्रस्तुत गर्नुभएको थियो भने अस्मिता राना मगर, हेबिना सेढाईं, स्मारिका न्यौपाने, बिनु लामिछाने, रेश्मा मैनाली, सुरक्षा पंगेनी, मन्जु शाह लगायतले आकर्षक नृत्य देखाउनुभयो ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक