
लन्डन । चितवन एड ट्रष्ट यूके (क्याट यूके) ले जिल्लाका गरिब तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ कोष अभिवृद्धिका निम्ति आयोजित च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।
२८ जुलाई साँझ ब्लु रुम स्पोर्टस् भेन्यू ह्यारोमा फायर वाक (आगोमा हिंड्ने) सहित र सांस्कृतिक कार्यक्रमसहित च्यारिटी भएको हो । फायर वाकमा सय जनाभन्दा बढीले उत्साहजनक सहभागिता जनाएको कार्यक्रम संयोजक कृष्ण गुरूङले जानकारी दिनुभयो । सहभागीलाई संस्थाले प्रमाणपत्र समेत प्रदान गरेको छ ।
उक्त च्यारिटीबाट १५ हजार पाउण्ड संकलन भएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो । संकलित रकमबाट खर्च कटाएर बांकी नेपाल पठाइने क्याट यूके अध्यक्ष तिवारीले जनाउनुभयो । उहाँले कार्यक्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने समस्त दाता र अतिथीहरुप्रति आभार समेत व्यक्त गर्नुभयो ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले मन्तव्य व्यक्त गर्दै क्याट यूकेको सामाजिक कार्य प्रशंसनीय रहेको जनाउनुभयो ।
कार्यक्रम संयोजक कृष्ण गुरुङले फायर वाक यूके कम्पनीको सहकार्यमा इभेन्ट भएको र यो सशक्तिकरण, सकारात्मक सोच, आत्मविश्वास र दिमागको शक्ति वृद्धि गर्ने सवालमा महत्वपूर्ण रहेको बताउनुभयो ।

सो अवसरमा संस्थाले आफ्ना संस्थापक अध्यक्ष कपिल श्रेष्ठ र संस्थापक महासचिव लोक गुरुङ एवं काउन्सिलर धनबहादुर सार्की र इनास यूके अध्यक्ष सञ्जय कंडेललाई विशेष सम्मान गर्यो ।
कार्यक्रममा नेपालबाट आएका गायक गायिकाहरु मिलन लामा, राजन गुरुङ, तिलक गुुुरुङ, सुशीला गौतम र वसन्त लम्सालले गायन प्रस्तुत गर्नुभएको थियो भने अस्मिता राना मगर, हेबिना सेढाईं, स्मारिका न्यौपाने, बिनु लामिछाने, रेश्मा मैनाली, सुरक्षा पंगेनी, मन्जु शाह लगायतले आकर्षक नृत्य देखाउनुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा