
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आगामी २२ सेप्टेम्बरमा ब्रिटिस गोर्खाको विभेदसम्बन्धी विभिन्न समूहबीच अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
गत बिहीबार नवनिर्वाचित अध्यक्ष विमला सेनेको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको पहिलो बैठकले शाखाको छैटौँ कार्यकालको पहिलो कार्यक्रमका रूपमा अन्तरक्रिया गर्ने निर्णय गरेको हो । बैठकले यस कार्यक्रमको संयोजन गर्ने जिम्मा उपाध्यक्षद्वय प्रमिला लाबुङ राई र शिव भण्डारीलाई दिएको छ ।
बैठकले सल्लाहकार समितिमा नियुक्त, शाखाको छैटौँ कार्यकालका लागि केन्द्रीय प्रतिनिधिमा सिफारिस, निवर्तमान कार्यसमितिले औपचारिक रूपमा कार्यभार हस्तान्तरण र बरबुझारथ कार्यलगायत निर्णय पनि गरेको छ । महासचिव खेमराज रानाभाटले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष प्रमीला लावुङ राई, उपाध्यक्ष शिव भण्डारी, सचिव मञ्जु भण्डारी खरेल, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इंग्नाम, कार्यसमिति सदस्यहरू गोमा राना, मिलन तमु, बाचस्पति रेग्मी, बम थापा सूर्यवंशी र नगेन्द्र नेम्बाङको सहभागिता थियो ।
यस्तै, बैठकले गत १४ जुलाईमा सम्पन्न शाखाको छैटौँ अधिवेशन सफल रहेको निष्कर्षसमेत निकालेको छ । अधिवेशन सफल बनाउन सहयोग पुर्याउने नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि लेखा समिति संयोजक लेखनाथ न्यौपाने, फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राई, प्रेस युनियन नेपालकी उपमहासचिव दिलिपा अधिकारी, पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, प्रेस चौतारी नेपालको प्रतिनिधि देविका घर्तिप्रति धन्यवाद व्यक्त गरेको छ ।
निर्वाचन समितिका संयोजक एवं बेलायत शाखाका पूर्वअध्यक्ष नरेश खपांगीमगर एवं सदस्यहरू पूर्ण गुरुङ र प्रणय शुक्ल, शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, कानुनी सल्लाहकार सोलिसिटर उत्तरमान तिगेला एवं निवर्तमान कार्यसमितिका अध्यक्ष ध्रुवराज अर्याल एवं सम्पूर्ण पदाधिकारी र सदस्य, अधिवेशनमा सहभागी साधारण सदस्यहरू एवं सहयोगीहरूप्रति पनि बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा