
लन्डन । बेलायतको ब्रेकन वेल्समा २६ जुलाईदेखि तीनदिने ‘हाइक फर नेपाल’ कार्यक्रम सुरु भएको छ ।
नेपाल र वेल्सको पर्यटन प्रवर्द्धनका लागि पोखरेली मञ्च यूके, वी विल राइज फाउन्डेसन र नेपाली समाज ब्रेकन वेल्सको आयोजनामा जुलाई २६, २७ र २८ तारिखसम्म हाइक फर नेपाल कार्यक्रम भइरहेको छ ।
कार्यक्रममा नेपाली दूतावास लन्डन, नेपाल पर्यटन बोर्ड यूके, एनआरएनए यूके, ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी एसोसिएसन, रामबजार सोसाइटी यूके र बगर भाइखलक यूकेको सहकार्य रहेको छ ।
नेपाली भिलेज यूकेका म्यानेजिङ डाइरेक्टर तथा नेपाली समाज ब्रेकन वेल्सका अध्यक्ष मेजर खुसीमान गुरुङ एमभीओले बेलायतको शान्त र रमणीय वातावरण रहेको वेल्समा जारी कार्यक्रममा यस पटक बाक्लो सहभागिता रहेको बताउनुभयो ।
कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट वेल्स पुग्ने स्थानीय क्याम्पिङ साइटमा आउटडोर क्याम्पमा बसेका छन् । जहाँ नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ, लाइभ संगीत तथा डिजे शो र बालबालिकाका खेललगायत गतिविधि सञ्चालन गरिएका छन् ।
मेजर गुरुङले शनिबार २७ जुलाई बिहान साढे ९ बजे क्याम्प साइडमा भेला हुने, पौने १० देखि साढे १० बजेसम्म कार्यक्रम र सुरक्षाबारे संक्षिप्त जानकारी गराउने, साढे १० देखि साढे २ बजेसम्म लञ्च आफ्नै म्यानेजमा गर्ने तालिका रहेको जानकारी गराउनुभएको छ। यस्तै साढे ३ देखि साढे ५ मा नेपाली भिलेज वेल्स यूकेको भ्रमण, साढे ६ देखि पेय पदार्थ र विशेष करीसहितको डिनर, साढे ८ देखि साढे १० सम्म मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।
कार्यक्रममा सहभागीले तीन दिन दुई रातको प्रतिव्यक्ति ३० पाउन्ड शुल्क तिर्नुपर्नेछ । तर १२ वर्षमुनिका बालबालिकालाई भने नि:शुल्क व्यवस्था गरिएको छ । क्याम्प साइटमा नबसी हाइक र क्याम्प साइट प्रयोग गर्नेले ५ पाउन्ड शुल्क तिर्नुपर्ने पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रमबार थप जानकारी आवश्यक परे मेजर खुशीमान गुरुङ एमभीओ, पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङ, पवित्रा गुरुङ, जीवन गुरुङ र पोखरेली मञ्चका पूर्वअध्यक्ष मानप्रसाद गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय