
लन्डन । फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिक खेलकुदमा भाग लिने नेपाली पारा टोली खेलाडीले बेलायतमा प्रशिक्षण सुरु गरेका छन् ।
म्यानचेस्टर सहरमा अवस्थित ग्रेट ब्रिटेन तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा बिहीबार २५ जुलाईदेखि पारा ओलम्पिक प्रिपेरेसन क्याम्पमा नेपाली खेलाडी पलेशा गोवर्धन र भरतसिंह महताले तालिम लिन सुरु गर्नुभएको हो ।
नेपाली टोलीले बेलायतमा मुख्य प्रशिक्षक एन्ड्रयू डियरबाट प्रशिक्षण लिँदै गरेकोलनेपाली प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो ।
अगस्ट २३ सम्म हुने प्रशिक्षणका लागि नेपाली पारा तेक्वान्दो टोली बिहीबार बेलायत आइपुगेको हो । बेलायतमा प्रशिक्षणपछि पेरिस २०२४ पारा ओलम्पिक खेलकुदमा भाग लिन नेपाली पारा तेक्वान्दो टोली अगस्ट २३ मा फ्रान्स जाने तालिका छ ।
के–४४ विधाको पुरुष ५८ केजीमुनि तौल समूह भरतसिंहको अगस्ट २९ अगस्ट र महिला ५७ केजीमुनि पलेशाको अगस्ट ३० मा खेल छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने