लन्डन । चितवन एड ट्रस्ट (क्याट) युकेले गरिब तथा जेहेनदार विद्यार्थीका लागि अक्षय कोष बढाउन आइतबार आयोजना गर्ने च्यारिटी नाइटको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाली मौलिक सांस्कृतिक कार्यक्रम र ‘फायर वक’ सहित हुन लागेको च्यारिटी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संस्थाका ट्रस्टी तथा कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी दिनुभयो ।
६० लाख रुपैयाँको अक्षय कोषलाई एक करोड पुर्याउने लक्ष्य च्यारिटी नाइटको छ । कार्यक्रम ह्यारोस्थित ब्ल्यू रुम स्पोर्ट्समा हुने छ ।सांस्कृतिक प्रस्तुतिका लागि चर्चित लोक तथा दोहोरी गायक मिलन लामा शुक्रबार बेलुकी युके आइपुग्नुहुनेछ ।
गायक राजन गुरुङ, तिलक गुरुङ, बसन्त लम्साल, नृत्यांगना अस्मिता रानामगर लगायतले पनि सांगीतिक कोसेली पस्कने आयोजकले जनाएको छ ।
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस