
लन्डन । भारत र संयुक्त अधिराज्य (बेलायत) ले आर्थिक वृद्धिलाई बढावा दिई सहकार्यलाई प्रभावकारी बनाउन नयाँ प्रविधिको सुरक्षाका लागि पहल सुरु गरेका छन् ।
नवनियुक्त बेलायती विदेश सचिवको भारत भ्रमणका क्रममा यो सहमति भएको हो ।
“दुई देशले खनिज, एआइ, सेमीकन्डक्टर र टेलिकमलगायतका क्षेत्रमा सहकार्य गर्ने र जलवायु, व्यापार, प्रविधि र शिक्षाजस्ता मुद्दाहरूमा सहयोगलाई बलियो बनाउने बिषयमा सहमत भएका छन्,” बेलायती विदेश सचिव डेभिड लमीको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लमीले प्राविधिक पहलको माध्यमबाट एआईदेखि खनिजसम्म भविष्यका चुनौतिहरूमा सहकार्य हुने बताउदै यसबाट आपसी आर्थिक लाभका साथै रोजगारी र लगानीलाई बढावा दिन सकिने बताउनु भएको छ ।
उहाँले भारतीय समकक्षी जयशङ्करसँगको वार्तामा दुवैले इन्डो–प्यासिफिकमा रक्षा र सुरक्षा सहयोग बढाउने सहमति जनाएको तथा रूस–युक्रेनद्वन्द्वलगायत विश्वव्यापी मुद्दाहरूमा छलफल गरेको स्रोतले जनाएको छ ।
लमीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको र उहाँहरूले प्रविधि सुरक्षा पहललाई स्वागत गरेको बताउनुभएको छ ।
यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्सको पोस्टमा भारत स्वतन्त्र व्यापार सम्झौता गर्न उत्सुक रहेको जनाउनुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा