
लन्डन । संयुक्त अधिराज्य (बेलायत) ले नेपालमा १ अर्ब ४९ करोड ९ हजार रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
गत आर्थिक वर्षमा बेलायतले उक्त रकम बराबर प्रत्यक्ष लगानीको प्रतिबता जनाएको नेपालको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा ५२ मुलुकबाट ६४ अर्ब २४ करोड ३० लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको थियो । जसमध्ये धेरै लगानीको प्रतिबद्धताको सूचीको क्रमसंख्यामा बेलायत ७ नम्बरमा परेको छ ।
सबैभन्दा बढी चीनबाट २३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । सबैभन्दा कममा टर्की, नर्वे, इटाली, डेनमार्क, पाकिस्ता, आयरल्याण्डलगायत २१ मुलुकबाट प्रति मुलुक २ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।
यसअघि आर्थिक वर्ष ०७१/०७२ मा ६७ अर्ब ४५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । आर्थिक वर्ष ०७१/०७२ मा लगानी प्रतिबद्धता भए पनि उक्त वर्ष ४ अर्ब ३८ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको छ । गत आर्थिक वर्षको ११ महिनामा ८ अर्ब २२ करोड रुपैयाँ लगानी भित्रिएको छ ।
नेपालमा गत वैशाखमा तेस्रो लगानी सम्मेलन भएकै कारण प्रतिबद्धता बढेको हुन सक्ने विभागका निर्देशक शंकरसिंह धामीको भनाइ छ ।
हेर्नुहोस् केही मुलुकका विवरण

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय