
लन्डन । बेलायतवासी व्यवसायी तथा अनुग्रह ज्वेलर्स अल्डरसटका सञ्चालक सुमन राई दम्पतीले हिरा पसल सञ्चालनमा ल्याउनुभएको हो ।
एक समारोहबीच सोमबार सुमन र मुनाको जोडीले अल्डरसटमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ पसल सञ्चालनमा ल्याउनुभएको हो । उक्त पसल स्थानीय मेयर मारा माकुनुरा र अनुग्रहका सन्चालक सुमन राईले रिबन काटेर सप उद्घाटन गर्नुभयो ।
अल्डरसटस्थित ‘अनुग्रह ज्वेलरी’ सुनचाँदी पसलका सञ्चालक सुमन तथा मुनाको यो तेस्रो शाखा हो जहाँ हिरा, मोती, श्वेत सुन तथा अन्य बहुमुल्य रत्नहरु, रोलेक्स, करटीयर जस्ता वहुमुल्य घडी एवं अर्डर बमोजिम आधुनिक सुनचाँदीका गहनाहरु शुपथ मूल्यमा उपलब्ध हुने जनाइएको छ ।
उक्त समारोहमा प्रमुख अतिथि मेयर मारा माकुनुरा, मेयरेस सल माकुनुरा तथा विशेष अतिथिहरु वरिष्ठ चलचित्र निर्माता/निर्देशक मिलन चाम्स, राजा चार्ल्सद्वारा एमबीइ (मेम्बर अफ ब्रिटिश एम्पायर) बाट विभूषित सर सुवास राई रहनुभएको हो ।अन्य अतिथिहरुमा पूर्व काउन्सिलरहरु डेभिड क्लिफर्ड, जीव बेल्वासे, प्रवेश केसी साथै रेभरेन जोर्ज न्यूटन, मान गुरुङ, गेरी स्टाम्प, राजा थापा, लक्ष्मी राई लगायत अरु थुप्रै नेपालीको उपस्थिति थियो।
कार्यक्रममा उपस्थित अथितिहरुले अनुग्रह बुलियन एण्ड डायमण्डलाई व्यवसायिक सफलताको शुभकामना दिनुभएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय