
लन्डन । बेलायतको ब्रेकन वेल्समा यही २६ जुलाईदेखि तीन दिने ‘हाइक फर नेपाल’ कार्यक्रम हुँदै छ ।
नेपाल र वेल्सको पर्यटन प्रवर्द्धनका लागि पोखरेली मञ्च युके, वी विल राईज फाउन्डेसन र नेपाली समाज ब्रेकन वेल्सको आयोजनामा जुलाई २६, २७ र २८ तारिखसम्म हाइक फर नेपाल कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपाली दूतावास लन्डन, नेपाल पर्यटन बोर्ड युके, एनआरएनए युके, ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी एसोसिएसन, रामबजार सोसाइटी युके र बगर भाइखलक युकेको सहकार्य रहेको छ ।
नेपाली भिलेज यूकेका म्यानेजिङ डिरेक्टर तथा नेपाली समाज ब्रेकन वेल्सका अध्यक्ष मेजर खुशीमान गुरुङ एमभिओले बेलायतको शान्त र रमणीय वातावरण रहेको वेल्समा हुने कार्यक्रममा साथीभाइ र पारिवारिक जमघट यस पटक बाक्लो संख्यामा हुने अपेक्षा राखेको बताउनुभयो ।
कार्यक्रममा भाग लिन बेलायतका विभिन्न क्षेत्रबाट वेल्स पुग्नेहरुले स्थानीय क्याम्पिङ साइटमा आउटडोर क्याम्पमा बस्नेछन् । जहाँ नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ, लाइभ संगीत तथा डिजे शो र बालबालिकाका खेललगायतका गतिविधि सञ्चालन गरिने छ ।
कार्यक्रममा सहभागीले तीन दिन दुई रातको प्रतिव्यक्ति ३० पाउन्ड शुल्क तिर्नुपर्नेछ । तर १२ वर्ष मुनिका बालबालिकालाई भने नि:शुल्क व्यवस्था गरिएको छ ।
कार्यक्रमबारे थप जानकारी आवश्यक परे मेजर खुशीमान गुरुङ एमभीओ, पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङ, पवित्रा गुरुङ, जीवन गुरुङ र पोखरेली मञ्चका पूर्वअध्यक्ष मानप्रसाद गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय