
लन्डन । क्यान्सर रिसर्च सेन्टर युकेको सहयोगार्थ दौडमा ‘रेस फर लाइफ’मा तमु धीं युके आमा समूहले सहभागिता जनाएको छ ।
शनिबार २० जुलाई २०२४ मा ग्रिल्डफोडस्थित स्टोक पार्कमा क्यान्सर रिसर्च सेन्टर युकेले आयोजना गरेको ५ किमि दौडमा तमु धीं युकेकी आमा समूह अध्यक्ष सन्ध्या गुरुङको नेतृत्वमा पदाधिकारी तथा सदस्यहरुले भाग लिएका हुन् । च्यारिटी दौडमा तमुधिं युके आमा समूहका तर्फबाट २० जना दिदीबहिनीले सहभागिता जनाएको तमु धीं युकेका सल्लाहकार तथा संस्कृतिविद् एकेन्द्र गुरुङले जानकारी दिनुभयो ।
आमा समूहको नेतृत्वमा सहभागिता जनाएको च्यारिटी दौडमा तमु धीं युकेका अध्यक्ष हरि गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, पूर्वअध्यक्षहरु ज्ञाम गुरुङ, हित काजी गुरुङ, महासचिव डा. विशाल गुरुङ, ट्रस्टिज, सल्लाहकार तथा संस्कृतिविद् एकेन्द्र गुरुङ, सचिव विमल गुरुङ, पूर्वकोषाध्यक्ष दीपक गुरुङ, लाल गुरुङ,
लगायतले पनि साथ दिनुभएको थियो ।

क्यान्सर रोगको विरुद्ध जनचेतना जगाउने अभिप्रायले हरेक वर्ष क्यान्सर रिसर्च सेन्टर युकेले आयोजना गर्दै आएको ‘रेस फर लाइफ’ सहभागी तमु धीं युके आमा समूह युकेले रेस फर लाईफलाई सहयोग स्वरूप १ हजार ९ सयको चेक हस्तान्तरण गरेको छ ।
शनिबारको दौडमा करिब १ हजार ५ सय धावक सहभागी भएका थिए । यो च्यारिटीबाट विश्वव्यापी २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बालबालिकाको उपचार तथा क्यान्सर उन्मूलनमा खर्च गर्ने गर्दछ । सन् १९९४ मा लन्डनबाट सुरु भएको ‘रेस फर लाइफ’मा केवल ७ सय ५० महिला सहभागी भएका थिए । तत्पश्चात् हरेक साल सहभागीको संख्या वृद्धि भएको र बेलायतभरिका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुँदै आएको छ ।

तस्बिरहरू : कमल गुरूङबाट
क्यान्सर रिसर्च सेन्टर युकेको च्यारिटी दौडमा सहभागी भएर हरेक वर्ष पुण्यकार्यमा सहयोग गर्न पाउँदा तमु धी आमा समूह युके गौरव महसुस गरेको जनाइएको छ । आमा समूहले सहभागी हुन नपाए पनि स्पोन्सर गरी साथ दिने सम्पूर्ण सहयोगी दाताहरु, मिष्ठान भोजनका संयोजक तमु धीं आमा समूह, तमु धीं युकेका अध्यक्ष हरि गुरुङ, निवर्तमान अध्यक्ष तथा एनआरएनए युकेका अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्षहरु ज्ञाम गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, ट्रस्टिज, सल्लाहकार तथा संस्कृतिविद् एकेन्द्र गुरुङ, पूर्वकोषाध्यक्ष दीपक गुरुङ, लाल गुरुङलगायत कार्यसमिति सदस्यहरु र हौसला दिन उपस्थित सम्पूर्ण तमु धं युके परिवार, आमा समूह र सहयोगी मनहरुप्रति आभार प्रकट गरिएको छ ।
तमु धीं युके आमा समूहले करिब डेढ दशकदेखि रेस फर लाइफमा सहभागिता जनाउँदै आएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा