लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले गत १ वर्षदेखि बीसीसी गुम्बाको प्रमुख लामाको भूमिकामा रही सेवा गर्दै आएका काठमाडौंस्थित सेचेन गुम्बासंँग आबद्ध खेन्पो कर्म छुल्त्रिमलाई बिदाइ गरेको छ ।
शुक्रबार १९ जुलाईका दिन बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङ, लोपेन नोर्बु, लोपेन दावालगायतले खादा लगाई उनलाई बिदाइ गरिएको हो । गत अगस्ट २०२३ देखि बीसीसी यूकेको प्रमुख लामाको रुपमा रहँदै आएका खेन्पो कर्मले गुम्बामा रहेर बौद्ध परम्परानुसार विभिन्न कर्मकाण्डहरु गर्ने, धार्मिक प्रवचन दिने, साम्बोटा लिपी पढाउने, शील दिने, विभिन्न पूजापाठहरु गर्ने साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु पढाउँदै आउनुभएको थियो । भुटान घर भएका खेन्पो कर्म जर्मन, दिल्ली हुँदै भुटान फर्किन लाग्नु भएको हो ।
बीसीसी यूकेले गत ६ जुलाईका दिन औपचारिक रुपमा बिदाइ गरिसकिएका खेन्पोलाई बिदाइ गर्न बीसीसी यूकेका पूर्व अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष क्याप्टेन देब घले, आमा उपप्रमुख शारदा गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङलगायत आमाहरु, भक्तजन एवं शुभचिन्तकहरु शुक्रबार बिहान गुम्बामा सहभागी हुनुभएको थियो ।
त्यस्तै, खेन्पो कर्मलाई बीसीसी यूकेका लोपेन दावा, पूर्वअध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ, पूर्वअध्यक्ष नरेश गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ र सदस्य मिना गुरुङले हिथ्रो एयरपोर्टमा पुगी बिदाइ गर्नुभएको थियोे ।
शुक्रबार १९ जुलाईका दिन बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङ, लोपेन नोर्बु, लोपेन दावालगायतले खादा लगाई उनलाई बिदाई गरिएको हो ।
गत अगष्ट २०२३ देखि बीसीसी युकेको प्रमुख लामाको रुपमा रहँदै आएका खेन्पो कर्मले गुम्बामा रहेर बौद्ध परम्परानुसार विभिन्न कर्मकाण्डहरु गर्ने, धार्मिक प्रवचन दिने, साम्बोटा लिपी पढाउने, शील दिने, विभिन्न पूजापाठहरु गर्ने साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु पढाउँदै आएका थिए । भुटान घर भएका खेन्पो कर्म जर्मन, दिल्ली हँुदै भुटान फर्किन लागेका हुन् ।
बीसीसी युकेले गत ६ जुलाईका दिन औपचारिक रुपमा बिदाई गरिसकिएका खेन्पोलाई बिदाई गर्न बीसीसी युकेका पूर्व अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष क्याप्टेन देव घले, आमा उपप्रमुख शारदा गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङलगायत आमाहरु, भक्तजन एवं शुभचिन्तकहरु शुक्रबार बिहान गुम्बामा सहभागी भएका थिए ।
त्यस्तै, खेन्पो कर्मलाई बीसीसी युकेका लोपेन दावा, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ र सदस्य मीना गुरुङले हिथ्रो एयरपोर्टमा पुगी बिदाई गरेका थिए ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने