
लन्डन । बेलायतमा बस्ने राजेन्द्र गुरुङले लन्डन म्याराथन-२०२४ मा सहभागी भएर संकलन गरेको ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ प्रख्यात धाविका मीरा राईले संचालन गरेको ‘मिरा राई इनिसिएटिभ’लाई सहयोग गर्नुभएको छ ।
दिवंगत आमा काली गुरुङको स्मृतिमा म्याराथनमा सहभागी भएका राजेन्द्रले परिवार, साथीभाइ र इष्टमित्रहरुबाट संकलित रकम काठमाडौं दक्षिणकाली नगरपालिका ३ फर्पिङमा निर्माणाधीन मीरा राई ट्रेनिङ सेन्टर तथा आवासका लागि हस्तान्तरण गराउनुभएको हो । भवन निर्माणस्थल फर्पिङमै पुगेर व्यवसायी तथा सामाजिक अभियन्ता सुनिल गुरुङ र प्रकाश गुरुङले बिहीबार मीरा र इनिसिएटिभका महासचिव तेन्जी शेर्पालाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
राजेन्द्रलाई उक्त रकम उहाँकी पत्नी अनिता, इष्टमित्र तथा आफन्त सन्तोष राई, प्रकाश गुरुङ, लव गुरुङ, प्रदीप गुरुङ, नेपाल रन युके लगायत लालीगुराँस एसोसियसन हङकङ, युके, अष्ट्रेलिया र नेपाल लगायतले प्रदान गर्नुभएको हो ।
लन्डन म्याराथन राजेन्द्रले ३ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पूरा गर्नुभएको थियो । राजेन्द्र तेक्वान्दो, भलिबल र शारीरिक सुगठनका पूर्वखेलाडी पनि हुनुहुन्छ ।
‘देशविदेशमा रहेर अथक् मेहनतका साथ आर्जन गरेको रकम हाम्रो सपना पूरा गर्न खर्चिनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु’, मीराले खुशी व्यक्त गर्दै भन्नुभयो, ‘यो सहयोगले हामीलाई अत्यन्तै खुशीमात्र बनाएको छैन, खेलाडीहरुका लागि यथासम्भव छिटो आवास निर्माण गर्न थप बल पुगेको छ ।’
अल्ट्रा ट्रेल रनिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य साथ अघि बढेको यो अभियानमा यस्तो सहयोगले ठूलो आत्मबल मिल्ने समेत उहाँले बताउनुभयो । ‘आफूले अहिलेसम्म जाने सिकेका कुरा नयाँ पिढीलाई हस्तान्तरण गर्न चाहन्छु’, मीराले भन्नुभयो, ‘अवसर नपाएका प्रतिभावान खेलाडीहरु खोजी नेपाली ट्रेल रनिङलाई विश्वमाझ चिनाउने लक्ष्य छ ।’
करिब १ करोड ५० लाखको लागतमा बन्ने भवन तीन तल्लाको हुनेछ । उक्त भवन अल्ट्रा ट्रेल रनिङ खेलाडीहरुका लागि आवास तथा तालिमका लागि प्रयोगमा ल्याइनेछ ।
विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गरेकी नेपाली धाविका मीरा राई सन् २०१७ मा नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) की विजेता पनि हुन् । ट्रेल रनर मीराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेकी छन् । हिमाली दौडमा विश्वमै चर्चित उनले २०७० को चैतमा अल्ट्रा रेसमा प्रवेश गरेकी थिइन् ।
तत्कालीन सेना समायोजनमा माओवादी छापामारको रुपमा ‘अयोग्य’ ठहरिएपछि उहाँको जीवन खेलतर्फ मोडिएको थियो । उहाँले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किलोमिटरको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जित्नुभएको थियो । उहाँले हङकङ, इटाली, नर्वेलगायत देशमा भएका अल्ट्रा म्याराथनमा च्याम्पियन भइसक्नुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा