लन्डन । विभिन्न कार्यक्रमसहित बन्टओक नेपाली समाज यूकेले २०औँ वार्षिकोत्सव मनाएको छ ।
स्थानीय र बार्नेट काउन्सिलका प्रतिष्ठित व्यक्तिहरू उपस्थितिमा शनिबार १४३ वाटलिङ कम्युनिटी सेन्टरमा समाजले वार्षिकोत्सव भव्य रुपमा मनाएको हो । कार्यक्रममा मेयर टोनी भुरोउ र मेयोरेस क्यारोलाइन भुरोउ, डेपुटी लेफ्टिनेन्ट मार्टिन रसेल र श्रीमती ब्रिजेट रसेल, सांसद डेभिड पिन्टो, काउन्सिलर सारा कन्भे उपस्थित थिए । पूर्वडेपुटी मेयर लछ्या गुरुङले समाधिस्थल तथा काउन्सिलर कमल गुरुङले हल उपलब्ध गराएका थिए ।
पञ्चेबाजा र नेपाली नृत्य प्रस्तुतिले कार्यक्रममा सांस्कृतिक चमक थप्नुका साथै सहभागीलाई मनोरञ्जनसमेत दिलाएको थियो । समुदायका अध्यक्ष खमिरजङ गुरुङ र काउन्सिलका गन्यमान्य व्यक्तिहरूले कार्यक्रममा प्रेरणादायी मन्तव्य राखेका थिए । अतिथिहरूले नेपाली भोजनको स्वादिष्ट व्यञ्जनहरूको आनन्द लिएका थिए ।
कार्यक्रम सफल बनाउन सहयोग र योगदान गर्ने स्थानीय र बार्नेट काउन्सिलका गन्यमान्य व्यक्ति र बार्नेट कम्युनिटी सपोर्ट ग्रुपलाई समाजले धन्यवाद दिएको छ । नयाँ समुदाय भवनले सांस्कृतिक, सामाजिक र शैक्षिक गतिविधिको केन्द्रको रूपमा सेवा गर्ने र त्यसले आपसी सम्बन्धलाई बलियो बनाउने समाजको विश्वास छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ