लन्डन । विभिन्न कार्यक्रमसहित बन्टओक नेपाली समाज यूकेले २०औँ वार्षिकोत्सव मनाएको छ ।
स्थानीय र बार्नेट काउन्सिलका प्रतिष्ठित व्यक्तिहरू उपस्थितिमा शनिबार १४३ वाटलिङ कम्युनिटी सेन्टरमा समाजले वार्षिकोत्सव भव्य रुपमा मनाएको हो । कार्यक्रममा मेयर टोनी भुरोउ र मेयोरेस क्यारोलाइन भुरोउ, डेपुटी लेफ्टिनेन्ट मार्टिन रसेल र श्रीमती ब्रिजेट रसेल, सांसद डेभिड पिन्टो, काउन्सिलर सारा कन्भे उपस्थित थिए । पूर्वडेपुटी मेयर लछ्या गुरुङले समाधिस्थल तथा काउन्सिलर कमल गुरुङले हल उपलब्ध गराएका थिए ।
पञ्चेबाजा र नेपाली नृत्य प्रस्तुतिले कार्यक्रममा सांस्कृतिक चमक थप्नुका साथै सहभागीलाई मनोरञ्जनसमेत दिलाएको थियो । समुदायका अध्यक्ष खमिरजङ गुरुङ र काउन्सिलका गन्यमान्य व्यक्तिहरूले कार्यक्रममा प्रेरणादायी मन्तव्य राखेका थिए । अतिथिहरूले नेपाली भोजनको स्वादिष्ट व्यञ्जनहरूको आनन्द लिएका थिए ।
कार्यक्रम सफल बनाउन सहयोग र योगदान गर्ने स्थानीय र बार्नेट काउन्सिलका गन्यमान्य व्यक्ति र बार्नेट कम्युनिटी सपोर्ट ग्रुपलाई समाजले धन्यवाद दिएको छ । नयाँ समुदाय भवनले सांस्कृतिक, सामाजिक र शैक्षिक गतिविधिको केन्द्रको रूपमा सेवा गर्ने र त्यसले आपसी सम्बन्धलाई बलियो बनाउने समाजको विश्वास छ ।
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने