
लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य आज नेपाल फर्केका छन् ।
अघिल्लो सरकारले विभिन्न ११ देशका राजदुतहरूलाई फिर्ता बोलाउने निर्णय गरेका कारण उनी साढे दुई वर्षमै फिर्ता भएका हुन् ।
उनलाई बेलायतको हिथ्रो विमानस्थलमा उपनियोग प्रमुख रोशन खनाल लगायत दुताबासका कर्मचारीहरूले विदाई गरेका थिए ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिवसमेत सम्हालिसकेका आचार्य नेपालको कुटनीतिक क्षेत्रमा राम्रो दख्खल राख्ने व्यक्तित्वका रुपमा परिचित छन् । उनी बेलायतका लागि नेपाली राजदुतका रुपमा सन् २०२२ नोभेम्बरमा नियुक्त भएका थिए भने २०२२ को फेब्रुअरीमा लण्डन आई पदबहाली गरेका थिए ।
राजदुत आचार्यभन्दा अगाडीका बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई पनि नेपालमा सरकार परिवर्तन भएसँगै फिर्ता बोलाइएको थियो । नेपाल सरकारका मुख्य सचिव रहिसकेका रेग्मीले एक वर्ष पनि राजदुत सम्हाल्न पाएनन् । तर उनलाई दाहाल नेतृत्वको सरकारले भारतका लागि राजदुतमा नियुक्त गरेको छ ।

दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु