
लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य आज नेपाल फर्केका छन् ।
अघिल्लो सरकारले विभिन्न ११ देशका राजदुतहरूलाई फिर्ता बोलाउने निर्णय गरेका कारण उनी साढे दुई वर्षमै फिर्ता भएका हुन् ।
उनलाई बेलायतको हिथ्रो विमानस्थलमा उपनियोग प्रमुख रोशन खनाल लगायत दुताबासका कर्मचारीहरूले विदाई गरेका थिए ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिवसमेत सम्हालिसकेका आचार्य नेपालको कुटनीतिक क्षेत्रमा राम्रो दख्खल राख्ने व्यक्तित्वका रुपमा परिचित छन् । उनी बेलायतका लागि नेपाली राजदुतका रुपमा सन् २०२२ नोभेम्बरमा नियुक्त भएका थिए भने २०२२ को फेब्रुअरीमा लण्डन आई पदबहाली गरेका थिए ।
राजदुत आचार्यभन्दा अगाडीका बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई पनि नेपालमा सरकार परिवर्तन भएसँगै फिर्ता बोलाइएको थियो । नेपाल सरकारका मुख्य सचिव रहिसकेका रेग्मीले एक वर्ष पनि राजदुत सम्हाल्न पाएनन् । तर उनलाई दाहाल नेतृत्वको सरकारले भारतका लागि राजदुतमा नियुक्त गरेको छ ।

राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा