
लण्डन । नेपाल पत्रकार महासंघ युकेको छैटौँ अधिवेसनबाट निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
शनिबार सम्पन्न उम्मेदवारी मनोनयनपश्चात जारी सूचनाअनुसार अध्यक्षमा श्यामकुमार लुइँटेल, विमला सेने र दिनेशकुमार परियारको उम्मेदवारी परेको छ । लुइँटेल शाखाका पूर्व वरिष्ठ उपाध्यक्ष, सेने पूर्व उपाध्यक्ष र परियार वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।
अध्यक्षबाहेकका बाँकी पदहरूमा भने पदसंख्याअनुरुप नै उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, खुला उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवद्वयमा मन्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार (एसके)गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इङनामले उम्मेदवारी दिएका छन् ।
छ सदस्य पदका लागि वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना र मिलन तमु गुरुङले मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन जुलाई १० दिउँसो १२ बजेसम्मको समय दिइएको छ । शाखाको अधिवेसन जुलाई १४ मा हुँदैछ ।
शाखाले नयाँ समिति चयनका लागि पूर्व अध्यक्ष नरेश खपाङ्गीमगरको संयोजकत्वमा सल्लाहकारहरू पूर्ण गुरुङ र प्रजय शुक्ल रहेको निर्वाचन समिति गठन गरेको छ ।
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता