
लण्डन । यूकेबासी पहिचान पक्षघरहरुको कुमार लिङ्देन अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च त्यागी नयाँ संगठन निर्माण गरेका छन् ।
उनीहरुले यूकेमा राष्ट्रिय पहिचान परिषद प्रवास युकेको गठन गरेका हुन् । देवीबहादुर तुम्बाहाङ्फेको अध्यक्षतामा गठित सो परिषदको ४५ सदस्यीय केन्द्रीय समितिको शनिबार लण्डनमा घोषणा गरिएको छ।
लण्डनको फेल्थममा भएको भेलाले गठन गरेको समितिमा उपाध्यक्षहरु रुपमान कुरुम्बाङ, यदुचन्द्र लावती, कुलदीप राई, कृष्णप्रसाद लिङ्देन, जगत सुहाङ, तेजप्रकाश लावती, खड्गजङ आङ्बुहाङ, रुद्रप्रसाद श्रेष्ठ, रामकुमार पोमु, चन्द्रकला आवाजुङ, हर्कजङ कुरुम्बाङ रहेका छन् ।
महासचिवमा लाल बहादुर लिङ्देन र उपमहासचिव दिपक तुम्बापो चुनिए । सचिवहरुमा तिलबिक्रम तावा, दिलबहादुर तुम्बाहाङ्फे, शेरबहादुर इङ्नाम, दल योङ्या, किशोर तिलिङ् चोङ्बाङ र धनबहादुर माबो रहेका छन् ।
यसैगरी कोषाध्यक्षमा थानकुमान नाल्बो र सहकोषाध्यक्ष दुर्गा खापुङ साथै सचिवालय सदस्यहरुमा चुडामणि तुम्बाहाङ्फे, टंक खापुङ, राम इजम र नरबहादुर कुरुम्बाङ, चन्द्रबहादुर लिंगदेन र कृष्णबहादुर कुरुम्बाङ चुनिएका छन् ।
यसअघिको भेलामा कुमार लिङदेनको नेतृत्वमा रहेको पार्टीको नेतृत्वले विधान, विधि, प्रकृयालाई वेवास्ता गरेको, आर्थिक पारदर्शिता नदेखाएको र नीजि सम्पत्तिको हैसियतमा संचालन गरेको लगायतका बुँदाहरुमा आपत्ति जनाउँदै सबै सदस्यहरुले पार्टी परित्याग गरेका थिए ।
संघीय लोकतान्त्रिक सामाजिक मन्चका अध्यक्ष देबीबहादुर तुम्बाहाम्फेले आफनो मन्तव्यसहित मन्च विघटनको घोषणा गरेका थिए भने महासचिव राम ईजमको प्रस्तावमा संघीय लोकतान्त्रिक सामाजिक मञ्च, संघीय लिम्बुवान सामाजिक मञ्च नेपाल परित्यागको घोषणा सर्वसम्मतले पारित गरिएको थियो ।

राष्ट्रिय पहिचान परिषद प्रवास युकेका अध्यक्ष देवीबहादुर तुम्बाहाङ्फेले सबैको पहिचानलाई बराबर सम्मान दिइने बताउँदै कुमार लिङ्देनको कार्यशैली, व्यवहार र नेतृत्वको आलोचना गरे ।
२०६२ सालमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत यूकेमा सन् २००७ मा संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके र सन् २०१२ मा संघीय लिम्बुवान सामाजिक मञ्च यूके प्रवास समिति स्थापना भएको थियो । पार्टीका यूकेबासी अगुवा नेता र कार्यकर्ताले पार्टीको मूल मुद्दामाथि कुठाराघात गरेको भन्दै सामूहिक पार्टी परित्याग गरेका हुन् ।
तस्वीरहरु : देवी गौतम
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा