
लण्डन । यूकेबासी पहिचान पक्षघरहरुको कुमार लिङ्देन अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च त्यागी नयाँ संगठन निर्माण गरेका छन् ।
उनीहरुले यूकेमा राष्ट्रिय पहिचान परिषद प्रवास युकेको गठन गरेका हुन् । देवीबहादुर तुम्बाहाङ्फेको अध्यक्षतामा गठित सो परिषदको ४५ सदस्यीय केन्द्रीय समितिको शनिबार लण्डनमा घोषणा गरिएको छ।
लण्डनको फेल्थममा भएको भेलाले गठन गरेको समितिमा उपाध्यक्षहरु रुपमान कुरुम्बाङ, यदुचन्द्र लावती, कुलदीप राई, कृष्णप्रसाद लिङ्देन, जगत सुहाङ, तेजप्रकाश लावती, खड्गजङ आङ्बुहाङ, रुद्रप्रसाद श्रेष्ठ, रामकुमार पोमु, चन्द्रकला आवाजुङ, हर्कजङ कुरुम्बाङ रहेका छन् ।
महासचिवमा लाल बहादुर लिङ्देन र उपमहासचिव दिपक तुम्बापो चुनिए । सचिवहरुमा तिलबिक्रम तावा, दिलबहादुर तुम्बाहाङ्फे, शेरबहादुर इङ्नाम, दल योङ्या, किशोर तिलिङ् चोङ्बाङ र धनबहादुर माबो रहेका छन् ।
यसैगरी कोषाध्यक्षमा थानकुमान नाल्बो र सहकोषाध्यक्ष दुर्गा खापुङ साथै सचिवालय सदस्यहरुमा चुडामणि तुम्बाहाङ्फे, टंक खापुङ, राम इजम र नरबहादुर कुरुम्बाङ, चन्द्रबहादुर लिंगदेन र कृष्णबहादुर कुरुम्बाङ चुनिएका छन् ।
यसअघिको भेलामा कुमार लिङदेनको नेतृत्वमा रहेको पार्टीको नेतृत्वले विधान, विधि, प्रकृयालाई वेवास्ता गरेको, आर्थिक पारदर्शिता नदेखाएको र नीजि सम्पत्तिको हैसियतमा संचालन गरेको लगायतका बुँदाहरुमा आपत्ति जनाउँदै सबै सदस्यहरुले पार्टी परित्याग गरेका थिए ।
संघीय लोकतान्त्रिक सामाजिक मन्चका अध्यक्ष देबीबहादुर तुम्बाहाम्फेले आफनो मन्तव्यसहित मन्च विघटनको घोषणा गरेका थिए भने महासचिव राम ईजमको प्रस्तावमा संघीय लोकतान्त्रिक सामाजिक मञ्च, संघीय लिम्बुवान सामाजिक मञ्च नेपाल परित्यागको घोषणा सर्वसम्मतले पारित गरिएको थियो ।

राष्ट्रिय पहिचान परिषद प्रवास युकेका अध्यक्ष देवीबहादुर तुम्बाहाङ्फेले सबैको पहिचानलाई बराबर सम्मान दिइने बताउँदै कुमार लिङ्देनको कार्यशैली, व्यवहार र नेतृत्वको आलोचना गरे ।
२०६२ सालमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत यूकेमा सन् २००७ मा संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके र सन् २०१२ मा संघीय लिम्बुवान सामाजिक मञ्च यूके प्रवास समिति स्थापना भएको थियो । पार्टीका यूकेबासी अगुवा नेता र कार्यकर्ताले पार्टीको मूल मुद्दामाथि कुठाराघात गरेको भन्दै सामूहिक पार्टी परित्याग गरेका हुन् ।
तस्वीरहरु : देवी गौतम
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा