
लण्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेको नयाँ कार्यसमितिको निर्वाचन जुलाई २१ मा लण्डनमा हुने भएको छ ।
परिषदका अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको सचिवालय बैठकले २१ जुलाई २०२४ आइतबारका दिन दिउँसो १२.०० बजे एबीआई कलेज,एक्टन हाइस्ट्रिटमा बस्ने परिषदको २९ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । साधारण सभाले आगामी दुई वर्षका लागि परिषद्को १४औँ कार्यसमितिको निर्वाचित गर्ने छ ।
निर्वाचन सम्पन्नका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा ६ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ। अध्यक्ष मण्डलमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार डा. राघवप्रसाद धिताल, पूर्व अध्यक्षहरू हरिसिंह थापा र खगेन्द्र नेपाली, सल्लाहकारहरू विजय थापा र कृष्ण भट्ट रहनुभएको छ ।
परिषद् सचिवालयले एक विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण सर्जक कवि साहित्यकार तथा साहित्यप्रेमी समाजसेवीहरूमा निर्वाचनमा उत्साहवर्धक सहभागिताका लागि खुल्ला उन्मेद्वारी मनोनयन आह्वान गरेको छ । निर्वाचनमा उम्मेद्वार हुन चाहने उम्मेद्वारले यही १९ जुलाई साँझ ५.३० बजेभित्र अध्यक्ष मण्डलका सदस्य कृष्ण भट्टसमक्ष आफूले उठ्न चाहेको पदमा उम्मेद्वारी नाम दर्ता गराउनु पर्नेछ भने परिषद्को सदस्यता नवीकरण वा नयाँ सदस्यताका लागि परिषद्का वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान वा अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठसँग अविलम्व सम्पर्क गर्न पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।
सन् १९९५ मा स्थापना भएको बेलायतस्थित नेपालीहरूको जेठो साहित्यक संस्था नेपाली साहित्य विकास परिषद् युकेको नियमित निर्वाचन हरेक दुई/दुई वर्षमा हुने गरेको छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान