
लण्डन । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा प्रतिपक्षी दल लेबर पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेको छ ।
निर्वाचनको सम्पूर्ण परिणाम आइनपुग्दै लेबरको प्रष्ट बहुमत देखिएको छ । हालसम्म घोषित परिणामअनुसार लेबरले ४०९ सीट प्राप्त गरेको छ भने अझै परिणाम आउने क्रम जारी छ ।
६५० सदस्य रहेको बेलायतको हाउस अफ कमन्समा प्रष्ट बहुमत ल्याउन ३२६ सीट पर्याप्त हुन्थ्यो तर लेबरले त्योभन्दा धेरै सीट ल्याइसकेको छ । विश्लेषकहरूले लेबरलाई सन् १९९७ मा टोनी ब्लेयरले ल्याएको जस्तै प्रचण्ड बहुमत आउन सक्ने अनुमान गरेका छन् । त्यतिबेला लेबर ४१९ सीट ल्याएको थियो ।
लेबरले बहुमत पाएसँगै यसका नेता सर किअर स्ट्यामर बेलायतको प्रधानमन्त्री बन्नेछन् ।
उता विगत १४ वर्ष २ महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ । सो पार्टीले हालसम्म ११४ सीट जितेको छ भने प्रभावशाली मन्त्री तथा पार्टी नेताहरूले हारको सामना गर्नुपरेको छ ।
पूर्व रक्षा मन्त्री ग्रान्ट स्याप्स, हाउस अफ कमन्सकी लिडर पेन्नी मोर्डन्ट, पूर्व प्रधानमन्त्री लिज ट्रस लगायतले पराजय व्यहोर्नुपरेको छ । उता लेबरका छायाँ मन्त्री जोनाथन आसवर्थ पनि स्वतन्त्र उम्मेदवारसित पराजित भएका छन् भने लेबर पार्टीबाट निकालिएका पूर्व नेता जेरेमी कोर्बिन स्वतन्त्र रूपमा निर्वाचित भएका छन् ।
उता दक्षिण पन्थी दल रिफर्म पार्टीले पनि संसदमा केही सिट जितेको छ । यसका नेता नाइजर फराजले पहिलोपटक संसदमा प्रवेश पाएका छन् । त्यतिमात्र होइन दर्जनौँ सिटमा कन्जरभेटिभ उम्मेदवारलाई हराउन पनि रिफर्म पार्टी सफल भएको छ ।
चुनावमा लिवरल डेमोक्रयाटिक पार्टी र ग्रीन पार्टीले पनि पहिलेभन्दा सीट बढाएका छन् भने स्कटल्याण्डमा केही दशक एक छत्र रजगज गरिरहेको स्कटिश न्याशनालिष्ट पार्टीले उल्लेख्य सीट गुमाएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा