
लण्डन । बेलायतका लागि नयाँ नेपाली राजदुतमा डा विजन पन्त सिफारिस भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई बेलायतका लागि नेपाली राजदुतमा सिफारिस गर्ने निर्णय गरेको हो ।
गोरखा स्थायी घर भएका पन्त हाल अक्सफोर्ड विश्वविद्यालयको प्रोभर्टी एण्ड ह्यूमन डेभलपमेण्ट इनिसियटिभका सल्लाहकार रहेका छन् । यस्तै, उनी इन्स्टिच्यूट अफ पब्लिक पोलिसी एण्डएक्सन रिसर्चका कार्यकारी प्रमुख पनि रहेको उनको लिङ्कडिन पोष्टमा उल्लेख छ । यसका साथै उनी पोल्याण्डको युनिभर्सिटी अफ लोजका पनि भिजिटिङ प्रोफेसर रहेका छन् ।
बेलायत निवासी पन्त माओवादी कोटाबाट बेलायतको राजदुतमा सिफारिस भएको संचारमाध्यमहरूले उल्लेख गरेका छन् तर उनै पन्त सन् २०१४ मा नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइराला प्रधानमन्त्री रहँदा उनका अवैतनिक सल्लाहकारमा नियुक्त भएका थिए । त्यतिखेर प्रकाशित समाचारमा उनलाई नेपाल विद्यार्थी संघमा लामो समय काम गरेको बताइएको छ । भारतले नेपालमा नयाँ संविधान निर्माणमा अनावश्यक दबाब दिएको बारेमा नयाँ पत्रिकामा भारतका विरुद्ध लेख लेखेपछि उनले सल्लाहकारबाट राजिनामा दिनुपरेको थियो ।
बैठकले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान