
लण्डन । बेलायतका लागि नयाँ नेपाली राजदुतमा डा विजन पन्त सिफारिस भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई बेलायतका लागि नेपाली राजदुतमा सिफारिस गर्ने निर्णय गरेको हो ।
गोरखा स्थायी घर भएका पन्त हाल अक्सफोर्ड विश्वविद्यालयको प्रोभर्टी एण्ड ह्यूमन डेभलपमेण्ट इनिसियटिभका सल्लाहकार रहेका छन् । यस्तै, उनी इन्स्टिच्यूट अफ पब्लिक पोलिसी एण्डएक्सन रिसर्चका कार्यकारी प्रमुख पनि रहेको उनको लिङ्कडिन पोष्टमा उल्लेख छ । यसका साथै उनी पोल्याण्डको युनिभर्सिटी अफ लोजका पनि भिजिटिङ प्रोफेसर रहेका छन् ।
बेलायत निवासी पन्त माओवादी कोटाबाट बेलायतको राजदुतमा सिफारिस भएको संचारमाध्यमहरूले उल्लेख गरेका छन् तर उनै पन्त सन् २०१४ मा नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइराला प्रधानमन्त्री रहँदा उनका अवैतनिक सल्लाहकारमा नियुक्त भएका थिए । त्यतिखेर प्रकाशित समाचारमा उनलाई नेपाल विद्यार्थी संघमा लामो समय काम गरेको बताइएको छ । भारतले नेपालमा नयाँ संविधान निर्माणमा अनावश्यक दबाब दिएको बारेमा नयाँ पत्रिकामा भारतका विरुद्ध लेख लेखेपछि उनले सल्लाहकारबाट राजिनामा दिनुपरेको थियो ।
बैठकले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा