
लण्डन । बेलायतको मुद्रास्फिति तीन वर्षयताकै सबैभन्दा कम्ती देखिएको छ ।
बेलायतको अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा बेलायतको मुद्रास्फिति २ प्रतिशत रहेको पाइएको छ ।
बेलायत सरकारले मुद्रास्फितिलाई नियन्त्रण गरी २ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । वर्तमान प्रधानमन्त्री ऋषि सुनकले गरेका पाँच वाचामध्ये यो पनि एक रहेको थियो ।
अप्रिल महिनामा मुद्रास्फिति २.३ प्रतिशत रहेको थियो भने सन २०२२ को अक्टोबरमा ११.१ प्रतिशतसम्म पुगेको थियो जुन बेलायतको ४१ वर्षयताकै सबैभन्दा उच्च मुद्रास्फिति थियो।
खासगरी कोभिड महामारीका कारण सन् २०२१ जुलाईबाट उकालो लाग्न शुरु गरेको मुद्रास्फिति र युक्रेन लडाइँका कारण झण्डै नियन्त्रणभन्दा बाहिर गएको थियो । अहिले भने मुद्रास्फिति लक्ष्य गरिएको अंकमा झरेको छ । मुद्रस्फिति घट्नुको मुख्य कारण घरायसी उर्जाको मूल्यमा कमी आउनुलाई मानिएको छ ।
बेलायतको मुद्रास्फिति अरु देशहरूको तुलनामा छिटो ओरालो लागेको पाइएको छ । जबकि अमेरिकामा मे महिनामा ३.३ र युरोपमा २.६ प्रतिशत रहेको थियो ।
मुद्रास्फिति लक्ष्य गरिएको दरमा झरेपनि बैँक अफ इङ्ल्याण्डले आधारभूत ब्याज दर भने यो महिना नघटाउने अनुमान गरिएको छ । जबकि युरोपको केन्द्रीय बैँकले भने ब्याज दर घटाउने निर्णय गरिसकेको छ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु